Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • 1.2K
    SHARES

  • स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

    बुटवल,जेठ २९।

    स्वर्गद्वारीमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्रु बोकेको कार दुर्घटनामा परेको हो ।

    लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिकाको भिगृ नजिकै टाकुरामा दुर्घटना हुँदा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताइन् ।अस्पताल ल्याइपु¥याउँदा सबैको ज्यान गइसकेको बताइन् । 

    दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए ।

    उपल्लो घुम्तीबाट कार अर्काे घुम्तीमा खसेको थियो । गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो । जिप चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । death list.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology