Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका विकास श्रेष्ठको मृत्यु

रुपन्देहीमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका विकास श्रेष्ठको मृत्यु

  • 1.1K
    SHARES

  • रुपन्देहीमा भएको सवारी दुर्घटनामा अर्घाखाँचीका विकास श्रेष्ठको मृत्यु

    बुटवल, जेठ २८ । 

    रुपन्देहीको तिलोत्तमामा आज बिहानै भएको सवारी दुर्घटनामा  एक जनाको मृत्यु भएको छ । 

    भैरहवाबाट बुटवल तर्फ आउँदै  गरेको  बा २० च १४३८ नम्बरको स्कार्पियो तिलोत्तमाको योगीकुटीमा आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा अर्घाखाँची छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको इलाका  प्रहरी कार्यालयले बुटवलले प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology