बुटवल, जेठ २७ ।
ग्रेस इन्टरनेशनलले द रोड अहेड कार्यक्रम संचालन गर्ने भएको छ । झापाको बिर्तामोडदेखि बुटवलसम्म द रोड अहेड कार्यक्रम संचालन गर्ने भएको हो ।
विभिन्न ठाउँहरुमा सेमिनार संचालन गर्ने भएको हो । बुटवलमा जेठ ३० गते सेमिनार संचालन गर्ने ग्रेस इन्टरनेशनल बुटवल शाखा प्रमुख इश्वर भट्टराइले जानकारी दिए । सेमिनारमा विभिन्न क्षेत्रका ९ जना विज्ञले काउन्सिलिङ गर्ने जानकारी दिए ।
सेमिनारमा अनिल केशरी क्षेत्री ,एन्ड्र पौडेल, सौरभ लोहनी ,राधाकृष्ण धिताल, विकास गुरुङ, दिलिपकुमार राजवंशी , सुरक्षा पन्त , रिमा विश्वकर्मा र कैलाश कार्कीले प्रस्तुती दिनेछन् ।
सिद्धार्थ कटेजमा आयोजना गरिएको कार्यक्रममा अन्य पेशा र क्षेत्रका मानिसहरु पनि निःशुल्क रुपमा सहभागी हुन पाउने छन् ।विज्ञहरुलाई पहिलो पटक एक ठाउँमा भेला गरिएकाले त्यस अवसरको सदुपयोग गर्न आव्हान गरेका छन् । कार्यक्रमको मिडिया पार्टनरमा नागरिक अनलाइन रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)