-बरुण ज्ञवाली
यतीबेला हाम्रो देश विश्वका अरु मुलुकसरह चरम आर्थिक संकटको प्रथम चरणबाट गुज्रिनखोजीरहेको छ । विश्वका प्राय ठुला अर्थतन्त्र भएका राष्ट्रहरु जो अन्तराष्ट्रिय व्यापार उत्पादन र निर्यात लाई आफ्नो अर्थको मुल आधार मान्दछन् भने हाम्रो देश वैदेशिक रोजगारीमा विदेशिएका लाखौ युवाले आर्जन गरेवापत पठाउने रेमिट्यान्स र आंशिक रुपमा पर्यटन र परम्परागत कृष्षीमा निर्भर रहेको छ ।भौगोलिक, प्राकृतिक र सांस्कृतिक विविधता रहेको हाम्रो देशमा अर्थको मुल खम्बा राजधानी काठमाडौलाई मान्दै आइरहेका छौ । लामो कालखण्डमा शक्ति र अर्थको मुल भार बोकेको राजधानी जस्तै स–साना अर्थतन्त्र र पर्यटनका दृष्टिकोणले अपार सम्भावना बोकेका केन्द्रहरु नरहेका भने होइनन् ।
अर्थ र राज्यका सुविधा राजधानीबाट मात्र चलायमान नबनाउने अर्थात विकेन्द्रिकरण गरेर भुगोलमा छरिएर बस्ने नेपालीलाई सरकारी काम कार्यमा सहजता तुल्याउने साथै आर्थिक स्रोतहरु विस्तार गरेर विभिन्न ठाउँ र त्यहाँ बस्ने समुदायलाई लाभान्वित पार्न २०७३ सालमा विस्तार भएको संघियता नयाँ नेपालको मुल आशय हो ।संघियताको विस्तार संगै हाल सम्म विकास निर्माण भौतिक योजना साथै साँस्कृतिक, व्यापारीक, पर्यटकीय आसय वोकेका कैयौ सम्पदा संरचनाहरुको प्रर्वद्धन भएको पाइन्छ । भूगोलमा यत्रतत्र छरीएर रहेका नेपालीहरुलाई लाभान्वित पार्ने लक्ष्यका साथ कैयौ नयाँ योजनाहरु बनेका छन । यी योजनाहरुले देश र जनताको आर्थिक, सामाजिक, र साँस्कृतिक पदोन्नति गर्ने कुरामा दुई मत छैन ।
यीनै योजना मध्य पर्दछन् राष्ट्रिय स्तरका ठुला योनजनाहरु जस्तै द्रुतमार्ग, जलबिद्युत, रेल, अन्तराष्ट्रियविमान्स्थल आदि र यस्ता योजनाहरु ठुला बजेटका हुन्छन तर यी योजनाहरुले जनताको ठुलो जमातलाई नै दिर्घकालीन रुपमा लाभान्वित पार्दछन् । यिनै ठुला राष्ट्रिय योजना मध्ये जुन समग्र नेपालको सबैभन्दा महत्वपुर्ण परियोजना मध्ये एक मानिएको संरचना हो, गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सिद्धार्थनगर जसलाई भैरहवा अन्तराष्ट्रिय विमानस्थलका रुपले पनि चिनिने गर्दछ । पश्चिम नेपालको लुम्बिनी अञ्चलको हालको रुपन्देही जिल्ला लुम्बिनी प्रदेशमा अवस्थित यो विमानस्थल नेपालका प्रमुख तिन अत्यन्त महत्वकांक्षी मानीएका स्थलहरु बिचमा पर्दछ । जसमा पश्चिमकै आशलाग्दो आर्थिक शहर र नेपालकै प्रमुख मध्ये एक मानिएको व्यापारिक केन्द्र बुटवल, गौतम बुद्धको जन्मस्थल पवित्र भूमि, पर्यटकिय स्थल लुम्बिनी धाम र नेपाल भारत बिचको व्यापारीक हिसाबले व्यस्त भन्सार नाका सुनौली भन्सार नाका रहेका छन् ।
यस अर्थमागौतम वुद्ध अन्तराष्ट्रिय विमान स्थललाई एक शब्दमा भन्नुपर्दा यो व्यापारिक, धार्मिक, कुटनैतिक महत्व बोकेका त्रिकोणको मध्य विन्दु हो । यो विमानस्थलको इतिहास हेर्दा यसको स्थापना ८ जुलाई १९५८ मा भएको पाइन्छ । वर्षौसम्म आन्तरिक उडानका लागि मात्र प्रयोग गरिएको छ ।
यो विमानस्थललाई नेपाल सरकारले विसं २०२२ मा मात्र अन्तराष्ट्रिय विमानस्थलका रुपमा मान्यता दिएको थियो । यस विमानस्थलका रुपमा चाहिने भौतिक संरचना विस्तार र पुर्ननिर्माणको काम भने २०१४ बाट नै शुरु भएको थियो । भौगोलिक हिसाबले भूपरिवेष्ठित हाम्रो देश नेपाललाई एउटामात्र अन्र्तराष्ट्रिय विमानस्थल पर्याप्त नरहेको वर्षौ अघिदेखी नै मननयोग्य कुरा थियो तर सरकारसंग आर्थिक अभाव र उचित जनशक्ति नहँुदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई नै सर्वोपरि मानेर त्यसै मार्फत वैदेशिक व्यापार र यात्रा गर्नका लागि गर्जो टारे समान थियो, तर अहिले भने वर्षौ अगाडिबाट रहेको सपनाले साकार रुप पाएको छ । क्षमताका आधारमा नेपालकै दोस्रो ठुलो मानिएको गौतम वुद्घ अन्र्तराष्ट्रिय विमानस्थल को रनवे तिन हजार मिटर लामो छ भने पुरै विमानस्थल ८०० विघा क्षेत्रफलमा फैलिएको छ ।
यो विमानस्थल सरकारको अभिन्न योजना त होनै तर पूरै पश्चिम नेपालको एक आर्थिक आधारशिला पनि हो, किनकी यो विमानस्थलको संरचना विस्तार हुने सुरुवात बाटै विभिन्न निजी कम्पनिहरु र लगानि कर्ताहरुले पनि व्यापारिक लाभ लिनका निम्ति विमानस्थल नजिक रहेका विभिन्न स्थलहरुमा होटेल, रेष्टुरेन्ट, मल आदि संरचनाहरुमा प्रचुर मात्रामा लगानी गरिसकेका छन् । पलाउदै गरको आशाको दिप वलिसकेको मान्दै गर्दा र पर्खाइको घडि अन्त्य मानिसकेका लगानिकर्ताहरुको आशले भने अझै पूर्णता पाएको छैन तर झन् लगानि गरेर निरासा छाउछकी भन्ने पछुतो पर्ने अवस्था सिर्जना भएको छ ।
यो हुनुको मुख्य कारण अन्तराष्ट्रिय उडान मापदण्डको वैघानिकता पाईसकेको यो विमानस्थलमा कुनै पनि दैनिक अन्तराष्ट्रिय उडान नहुनु हो । ०२२ मा कुवेतको जजिरा एयरलाइन्सको जहाजले पहिलो अन्तराष्ट्रिय उडान भरेर उद्घाटन गरेबाट अहिले सम्म कुनैपनि अन्तराष्ट्रिय उडान दैनिक रुपमा नहुदा पश्चिम नेपाललेनै ठुलो क्षति र निरासा व्यहोर्नु परेको छ ।
यो कुरालाई नेपाल सरकारले गम्भिर रुपले मनन् गनुपर्ने देखिन्छ ।विमानस्थल निर्माणहुनुपूर्व यो विमानस्थलस्थल निर्माणकोलागी जसरी लबिङ्गगरीन्थ्यो सोही किसीमको तात्पर्यता विमानस्थललाई चलायमान बनाउन चाहिन्थ्यो , चाहिन्छ तर विगत ८ बर्ष सम्म त्यस्तो देखिएन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुदै बर्षेनी यात्रा गर्ने लाखौ नेपालीको जमातको ठुलो हिंसामा पश्चिम नेपालका नेपालीहरु पनि पर्दछन जसलाई रहरले नभई वाध्यताले गर्दा काठमाडौं पुग्नै पर्ने हुन्छ । जसमा समय र पैसा दुबैको बर्बादि पनि हुन्छ । त्यस्ता यात्री मध्य निम्न वर्गका बैदेशिक रोजगारीमा जाने युवाहरु पर्दछन् । जसलाई काठमाडौं जस्तो महगों सहरमा व्यतित हुने समय र पैसा दुवै कहाली लाग्दो ठहर हुन्छ । यो संगै आर्थिक विपन्नता भएका युवाहरु वैदेशिक रोजगारका निम्ति जाने यात्री देखि लुम्बिनीलाईनै प्रमुख गन्तव्य मानेर नेपाल आउने बौद्व धर्मालम्बिहरु लगायत पर्यटनको र व्यापारको आशमा बसेका लाखौ नेपालीहरुको मर्म नेपाल सरकारले बुझ्नु पर्ने एक प्रमुख दाईत्व हो साथै यस्तो चरम आर्थिक संकटमा समग्र पश्चिमी भुभागको एक ठुलो व्यापारीक र पर्यटकीय केन्द्र बचाउने सोचबुझ र विवेक प्रयोग गर्नु पनि यो घडिमा महत्वपूर्ण छ ।
सम्पुर्ण सरोकारवालाहरु र नेपाल सरकारका अभिन्न अङ्ग मानिएका नेपाल वायूसेवा निगम र नागरिक उड्ययन प्रधिकरणले यति बेला यस विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रmपमा स्थापना गर्नकोलागी र यसको गरिमा बचाउन आवश्यक ठोस निर्णय लिनुपर्ने देखिन्छ ।
ई।सं २०१९ को आकडा हेर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुदै देशमा आउने र जाने यात्री हरुमा विदेशबाट आउने यात्रीको संख्या १८,३९३,४२६ थियो भने नेपाल बाहिर जाने यात्रीहरुको संख्या २२,४५,३३८ रहि जम्मा आउने जाने यात्रीहरुको कुल संख्या ४१,३८७६४ रहेको थियो ।
२०२० को सुरुवातबाटै सुरु भएको विश्वव्यापी कोविड १९ को महामारीको कारण २०२० र २०२१ मा देशमा आवत जावत गर्ने हवाई यात्रुको संख्यामा भारी गिरावट आएको थियो, तर कोविडको प्रभाव सामान्य अवस्थामा फर्किए पछि भने यात्रुहरुको संख्या पुःन भारी मात्रामा वृद्धि भएको पाईन्छ, अझै त्यसमाथी विदेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा न्यून वृद्धि भएतापनि वेरोजगारीका कारण देश छोडेर अन्य मुलुकमा रोजगारीको खोजीमा पलायन हुने नेपाली सर्वसाधारणको संख्यामा भने उच्च वृद्धि भएको कुरा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको सूचकहरुले बताउछ ।
कोविड १९ को मारले निकै तल झरेको यात्रु संख्या २०२२ मा भने १५,५६,८११ आउने र १९,३१,५१७ जाने गरी ३४,८८,३२८ जना पुगेको छ । विदेशिने र देश भित्रिने यात्रुहरुको संख्याको उच्च वृद्धिसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनले ठूलो चाप बेहोर्नु परेको छ ।खबलकबच।वउन
रनवे र समग्र एयरपोर्ट नै अपर्याप्त भएकाले हवाईजहाजहरुलाई अवतरण गर्न र उडान भर्नमा ढिला हुने र झन्झट हुनाले यात्रुहरुलाई हवाइ यात्राका निमित्त उच्च भाडादर तिर्नुपर्ने कुर्नुपर्ने लगायतका असुविधाहरु दैनिक रुपमा झेल्दै आउनु परेको छ । यो समस्या निकट भविष्यमा अझै आपत पाइने कुरामा कुनै शंका छैन । विमानस्थलको चापसँगै उत्पन्न भएका समस्याहरुले हवाई उडानको चुस्ततालाई कमजोर तुल्याएकै छन् ।
अझै गम्भिररुपले हवाई यात्रालाई महंगो बनाएको छ । हवाई यात्रीको सुविधा र उचित व्यवस्था नेपाल वायुसेवा निगम र नागरिक उड्यन प्रधिकरणको प्रमुख दायित्वका रुपमा रहेको छ । त्यसैले अन्तराष्ट्रिय उडानलाई चुस्तरुप दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई नै सर्वपरी मानेर उसमै अस्थाई विपल्प खोज्नु भन्दा उचित मूर्त रुप पाइसकेको र उड्यनका समस्याहरुको स्थाई र भरपर्दो आधार गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको समयमै उचित प्रबद्र्धन र प्रयोग गर्नुपर्ने आवश्यकता छ । जुन दायित्व निर्वाहका निम्ति नेपाल वायु सेवा निगमले अन्य विमानस्थलबाट उडयन मार्फत संकलन हुने स्रोतलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक अन्तराष्ट्रिय उडानमा खर्चिनुपर्ने आवश्यकता देखिन्छ यससँगै दिर्घकालिन रुपले लुम्बिनीको पर्यटकिय प्रबद्र्धन, पश्मि नेपालका यात्रीहरुलाई यात्रामा सहजीकरण, सुलवता र वैदेशिक यात्रीहरुको उचित व्यवस्था हुने र आर्थिक मारमा परिरहेको नेपालको ठूलो हिस्सा पश्चिम नेपालको आर्थिक विकासमा टेवा पुग्ने कुरामा शंका छैन । 
साथै नेपाल वायुसेवा नीगम को स्थापना काल देखि रहेको उदेश्य मध्ये विशेष उदेश्यको रुपमा रहेको नेपालभर वा बाहिर सर्वत्र सुरक्षित कुशल, सुव्यवस्थित, किफायत र उचित रूपबाट सम्बन्धित हवाई यातायात सेवाको व्यवस्था गर्नु निगमको कर्तव्यलाई पुरा गर्नुको लागी पनि गौतम बुद्घ अन्तराष्ट्रिय विमानस्थल लाई चलाउनु पर्ने दायित्व रहन्छ । साथै नेपाल वायुसेवा नीगमजस्तै सरकारी निकायले आफूसँग सम्बन्धित देशका गौरवका आयोजना मध्येको गौतम बुद्घ अन्तराष्ट्रिय विमानस्थललाई चलायमान बनाउन संस्थागत हिसाबमा अल्पकालिन र दिर्घकालिन कार्ययोजना ल्याउन पर्ने देखिन्छ ।
र यो नेपाल वायुसेवा नीगम को प्रमुख दायित्व पनि हो । विभिन्न बहानामा प्रतिफल दिने ग्राउण्ड ह्याण्डलिङ्ग सेवा जुन त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल मा एक गहकिलो प्रतिफल दिने कार्यको रुपमा लिइन्छ, आफैले लिने र आफ्नो स्थापना कालिन दायित्वबाट पछाडी हुन तथा सरकारले घोषित गरेका राष्ट्रिय गौरवका आयोजनालाई चलायमान गराउन नेपाल वायुसेवा नीगम ले एक नेतृत्वदायी भुमीका खेल्नुनै पर्छ ।साथै रेगुलेटर तथा सर्भिस प्रोभाइडरको भुमिका मा रहेको नागरीक उडड्न प्रधिकरण को काम देशैभरी उडड्न पुर्वाधार निर्माणका साथसाथै उक्त पुर्वाधार निमार्ण पश्चात यिनीहरmको सफल सन्चालन पनी हो ।
निर्माणको सिलन्याससमय देखीनै उक्त पूर्वाधारको सन्चालकोलागी आवश्क समन्वयकारी भुमीका मा रही पूर्वाधार सम्पन्न हुनेसमय सम्म संपूर्ण रmपमा तयारी नगर्ने अनी आयोजना सम्पन्न पश्चात विभीन्न समस्या रहेकोले तुरmन्तै सन्चालमा ल्यउन सकीदैन, यस्ता आयोजना चलाउन समय लाग्छ भन्नुले प्राधिकरणको मुख्य लगाव सन्चालन भन्दापनी निर्माणकेन्द्रित रहेको शंका नर्गन सकिदैन ।
माथी उल्लेखित आकडा तथा देशको समग्र जनसंख्याको अनुपात हेर्नेको भने सुरुवाती चरणमा उडान भर्ने एयरलाइन्सहरुलाई चाहिने लोड मनग्य पुग्ने देखिन्छ र पूर्ण रुपमा रुपन्देहीमा संचालनमा आएको श्रम कार्यालय तथा यहि क्षेत्रबाट पूर्णरुपमा गर्न सकिने स्वास्थ्य परिक्षण पनि उडानलाई सफल रुपमा गराउने सकिने आधार हुन । सोही आधारहरुलाई मध्यनजर गरी राष्ट्रको एकमात्र ध्वजावाहक नेवानी ले नै नेतृत्वदायी भूमिकामा अगाडी बढ्नु पर्ने देखिन्छ ।
अन्तमा
देशको आर्थिक भविष्य गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र पर्यटनको ससक्त प्रबद्र्धनमा जोडिएको छ । त्यसका लागि राष्ट्र, निजि क्षेत्र र नागरिक बिच सुमधुर पारस्परिक भावना जागृत हुन जरुरी रहन्छ । राज्यको निति, निजि क्षेत्रको लगानी र सेवा साथै नागरिकको समर्थनमा नै नेपालमा पर्यटन मार्फत दिगो विकासको आधार तयार हुनेछ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)