Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रानीबास सामुदायिक होमस्टेको एक रात !

रानीबास सामुदायिक होमस्टेको एक रात !

  • 1.3K
    SHARES

  • रानीबास सामुदायिक होमस्टेको एक रात !

    -हरि अर्याल

    बुटवलमा रहेको सृजनशिल मसलन्द तथा सहकारी सस्था लि. को आवधिक समीक्षा भेला गर्ने सहकारी संचालक समितिको बैठकको निर्णय अनुसार तराइको उखरमौलो गर्मी छल्दै २०८३ जेष्ठ २२ पाल्पा जिल्लाको रम्भा गाउपालिका फोक्सिङ्कोट २ रानीबास भनिने रनेबास तिर लागियो । समिक्षा भेलामा सहकारीका ११२ जना सेयर सदस्य मध्ये ६१ जनाको सहभागिता भएको भएको थियो । सहकारीको कार्यालयबाट २२ गते मध्याह्न १२.३० बजे प्रस्थान गर्ने गरि सहकारीको पेजमा सुचना राखे पनि करिव २.०० बजे मात्र हिडियो । भेलामा सहभागी हुन रोल्पा सुलिचौरबाट शालिक सर २१ गते  बुटवल आइपुग्नु भएको थियो । अर्घाखाँचीबाट सहभागी हुनुभएका धनिश्वर पाण्डेय, विष्णु पाण्डेय, पाल्पा तानसेनबाट सहभागी हुनुभएका कमल तिमिल्सिना र किशोर भट्टराइ समेतका साथिहरु बर्तुङमा भेट हुने, पाल्पा रामपुरका भेषराज पोख्रेल र शंकर अर्याल भने कार्यक्रम स्थल मै भेटहुने तय भएको रहेछ । 
    दुइवटा दुई सापटे बसमा बाँडिएर बस्दा संयोगले एउटा बसमा सहकारीका अध्यक्ष मनोहरी बस्यालले नेतृत्व गर्नु भयो भने अर्को बसमा उपाध्यक्ष दिवाकर घिमिरेले गर्नु भयो । बस गुड्नै लाग्दा रामापुर आयुष स्टेशनरीका कृष्ण सरले तिनाउ पुलमा आइ पुगे रोक्नु है भन्दै व्यवस्थापक कल्पना जिसीलाइ फोन गर्नु भएछ अनि बस भित्रको गर्मीमा पसिना पुछ्दै कल्पनाजीले एक छिन गाडी रोक्न आग्रह गर्नु भयो । हामी सबै असिनपसिन भइ सकेका थियौ । अनि मैले बिस्तारै गाडी अगाडि बढाउ बरु गोलपार्क पर्खौला भनी गाडिका ड्राइभरलाइ भने र कल्पनालाइ कृष्ण सरलाइ गोलपार्कमा आउन फोन गर्न भने । त्यसै अनुसार हामी बिस्तारै अगाडि बढ्यौँ । गोलपार्क पुग्दानपुग्दै हस्याङ्फस्याङ गर्दै कृष्ण सर गाडी चढ्नु भयो । अनि गाडी अगाडि बढ्यो तल्लो सिद्धवावाबाट उत्तर लागेपछी चिसो हावासंगै नेपाली पाउडर (धुलो) ग्रहण गर्दै गर्दै दोभान पुग्दानपुग्दै विष्णु ज्ञवालीजीले मलाइ फोन गर्नु भयो र सोध्नु भयो सर ! कहाँ पुग्नु भयो ? मै दोभानबाट अगाडि लाग्यौँ भने, अनि तपाईं अगाडिको गाडिमा हो विष्णुजी भनेर सोधे । उहाँले हैन सर मेरो त गाडी छुट्यो नि भन्नू भयो अनि मैले तुरुन्त तपाईं पोखरा, रामपुर, गुल्मी वा तानसेन जाने गाडिमा चढ्नुस हामी बर्तुङ पर्खौला भने । हाम्रो गाडी अगाडि बढिरहेको थियो, विष्णुजी तम्घास जाने हायस गाडिमा चढ्नु भएछ, हामी अगाडि बढ्दै बढ्दै चिया पिउन गौडेका पुलमा रोकियौ । गौडेका पुलमा आ-आफ्नै किसिमले इच्छा अनुसारका पकौडा, बटुक, चिया, काक्रा, आरुबखडा लगायतका खाजा तथा अन्य बस्तु खाएर गाडी चढ्नै लाग्दा विष्णुजीले फेरि फोन गर्नु भयो र भन्नु भयो सर म गौडेको पुल नजिकै आइपुगे हजुरहरु कहाँ पुग्नु भयो ? अनि मैले हामी त गौडेको पुलमा चिया खाजा खाएर गाडी चढ्दै छु आउनुस रातारंगको बस छ त्यसैमा चढ्नु होला भने अनि उहाले सर एक्कैछिन है भन्दाभन्दै आइपुग्नु भयो र बस चढ्नु भयो अनि अगाडि बढ्यौँ । दिवाकरजी समेतका साथिहरु चढेको बस हामी भन्दा अगाडि थियो । हामी नयापाटी पुग्दा अघिल्लो बसबाट सायद सहकारीका कर्मचारी अनिलजी हो कि अरु कसैले सर कहाँ  पुग्नु भयो भनेर फोन गर्नु भयो मैले नयापाटी भने भने उहाँले बर्तुङ पुगेर पाल्पा र अर्घाखाँचीका सरहरुलाइ पर्खेको जानकारी गराउनु भयो, मैले ए ल ल त्यसो भए त्यहाबाट चढ्ने साथिहरु सबैलाइ राखेर जानुस भने र त्यसै अनुसार अगाडि पछाडी हुँदै गन्तव्य तर्फ बढ्दै गयौँ । बर्तुङबाट अगाडि लागे पछि गाडी मै खाने भनी सहकारी कै तर्फबाट लगेका मालभोग केरा र स्याउले क्याबिन मित्रबाट सिटमा बसेका हामीलाइ हेरेर जिस्काए झै मानी मैले नै यिनी स्याउ र केरा कतिखेर खाने हो भनी सोधे ! अनि कसले संकेत गर्नु भो कुन्नी रामचन्द्र कोइराला आएर फटाफट सबैलाइ दुइदुइवटा केरा बाड्न शुरु गर्नु भएको यानुले सर अर्को बसको सरहरुलाइ पनि हो पुग्दैन्न सर एकएकवटा बाड्नु है भने पछि दुइ दुइवटा लिएका मध्ये कृष्ण दाइहरुले एकएकवटा फिर्ता गर्नु भयो र हामीले त एकएकवटा केराले मुख जिस्काउदै अगाडि बढ्दै बढ्यौँ । पोखराथोक नपुग्दै यानु र कोइरालाजी मिलेर फेरि स्याउ वितरण शुरु भयो सबैले एक एकवटा फुजी स्याउ कोपर्दै बढ्दै थियौँ एक्कासी यानु र उनकी सानी छोरी क्याविन तिर दुगुरे हामी सबै आश्चर्य पर्‍यौ । पछि थाहा भयो धेरै घुमति भएको सडकका कारण छोरीलाई पछाडी बस्दा रिङ्गटा लागेर यानुले क्याबिनमा बसेर अगाडि हेर्दा ठिक हुन्छ कि भनेर लिएर गएकी रहिछन । मैले यानुलाइ जिस्काउदै बाहुन क्षेत्रीलाइ जाड रक्सी लाग्छ क्यार मगरलाइ त स्याउ केरा पो लाग्दो रहिछ भन्दै थिए अरु हास्दै हुनुहुन्थ्यो । क्याबिनको बोनटमा बसेकि यानुको हात घुम्तिमा बस मोडिदा अगाडिको दुइवटा सिसाको बिचमा राखेको टिनको पाताले बारेको सिसाको ढोका भएको मन्दिरमा देब्रहातको कान्छी औलो छोइन पुगेछ र त्यही टिनको पाताले काटेर हुलहुल ती रगत आएछ, उनी आत्तिएर रुमालले घाउ चापेर हात माथी लगेकी रहिछन हामी पछाडी सिटमा बस्नेले थाहा नपाएर यानुले योगा गर्न लाइन भनी फेरि जिस्कायौ । एक्कै छिन पछि क्याबिनमै बसेको साथिले यानुको हात काटेर रगत रोक्न हात शिर भन्दा माथी लगेको कुरा भने पछि हामी सबै गम्भीर भयौ । आर्यभन्ज्याङ्को सोनी मेडिकल अगाडि गाडी रोकी यानुको हातको औलाबाट निस्केको रगतका टाटा पुछपाछ गरि हेण्डिप्लाष्ट लगाएर हामी पिपलडाडा हुँदै रानीबास तिर लाग्यौ । अगाडिको गाडी अगाडि नै थियो हामी चढेको गाडी पछि पछि नै थियो । पिपलडाडाबाट रामपुर जाने कालिगण्डकी कोरिडोरबाट ४ कि.मी. अगाडिबाट जंगल र खतरा घुम्ति छिचोल्दै रानीबास पुग्नै लाग्दै अगाडिको गाडी पनि भेटियो । करिव १ किलोमिटर जति अगाडिको गाडिले उड्याएको धुलो ग्रहण गर्दै रानीबास पुगियो । गाडिबाट झर्दै गर्दा विवाहको झझल्को आउने गरि नौमती बाजा बज्न थाले पछि धेरैलाइ आफ्नै विवाहको संझना आएको हुनुपर्छ । पंचेबाजामा के महिला के पुरुष छमछमती नाच्न थाले । दुई तीन राउण्ड नाचे नचाए पछि मुल घरतिर अघि अघि पंचेबाजे पछि पछि जन्ती जस्तै लावालस्कर लागेर पुगौँ । एक झ्प्को मुलघर्स्को प्राङ्गणमा नाचेपछी स्टिलका जगबाट एकजनाले पानी राखिदिने र अर्को एकजनाले स्टिलको भाडामा हात धुवाउदै बसेकै ठाउमा भुटेका मकै र आलुको अचार सहितको सगुन  लिएर महिला टोलि आइपुग्यो । सगुन खाइ सकेछी रानीबास सामुदायिक होमस्टेको तर्फबाट औपचारिक स्वागत कार्यक्रम होमस्टेका ब्यवस्थापक बिरबहादुर गुरुङले चलाउनु शुरु गर्नु भयो । रनेबास बस्तिको ईतिहास, केही पुराना किंवदन्ती, २०८१ सालमा होमस्टेको स्थापनाको पृष्ठभुमि, रम्भा गाउपालिका, सङ्घ र प्रदेश सरकारको भूमिका बारेमा पनि चर्चा गर्नु भयो । भबीसरा सारुनाम गरेकी सामाजिक अगुवा दिदी जो जिल्ला समन्वय समितिको सदस्य हुनोहुदो रहेछ उहाँले मिठासपुर्ण शैलीमा रनेबास देखि रानीबासमा रुपान्तरणको पृष्ठभुमि, सहभागिता मुलक बिकासमा रानीबासका स्थानिय बासिन्दाको योगदान, वर्तमानको आशा लाग्दो परिस्थिति र आउदा दिनहरुको सुनौलो भविष्यको गाथा सुनाए पछि हामीहरुलाइ आवासका लागि घर बाडफाडको प्रकृया शुरु भयो । हामी मध्ये ७ जोडिलाइ जोडि जोडि बस्ने गरि प्रवन्ध मिलाउदा मिलाउदै मैले कमला र पुष्पालाइ एक ठाउमा रहने गरि म रामचन्द्र कोइराला, रामकृष्ण चापागाइ र भोजेन्द्र खत्री बस्ने ब्यवस्था मिलाइ ८ नम्वर होमस्टे तिर लाग्यौँ, संयोगले हामी बस्ने ८ नं. होमस्टेको संचालक देउकुमारी सारु नै होमस्टेको अध्यक्ष हुनुहुदो रहेछ । सबै साथिहरु आ-आफ्ना लागि तय भएका घरहरुमा पुगेर झोलाहरु राखी ७.३० बजे मुलघरमा खाजा, रानीबासको कोदोको सुप, खसीको भुटुवा र खाना खादै स्थानिय मौलिक सांस्कृतिक कार्यक्रम हेर्दै र नाच्दै राती १०.३० बजे सम्म रमाइलो गरि आ-आफ्नो घर तिर लाग्यौँ । हामी हिडेपछी सहकारी कै कर्मचारी अनिल र स्थानिय महिला बिचभएको रोमाञ्चक दोहोरी अर्को दिनभर चर्चाको विषय बन्यो । हामी भने १२ नं. होमस्टेमा गइ बालकृष्ण दाइले लगेका बाउन्न भाइका तीन समुहलाइ एकै ठाउँ मिलाइ दुई राउण्ड टाइमपास गरि १२ बजेको सेरोफेरोमा रामकृष्णजी र म हाम्रो लागि तय भएको ८ नं. होमस्टेमा गयौँ ।
    २३ गते बिहान ८.३० बजे सहकारीको आवधिक समीक्षा
     भेलामा सहभागी हुने हिजो कै उर्दी अनुसार उपस्थित हुनु पर्ने थियो । हामी पनि कोदोको रोटी, आलु फ्राइ र पुदिनाको चटनी महका साथमा भोजन गरि निर्धारित समयमा पुग्यौँ । भ्रमण संयोजक गोपाल बस्यालले प्रारम्भिक स्वागत गरेपछी अध्यक्ष मनहरी बस्याले बिषय प्रवेश सहित उदेश्य माथी प्रकाश पारे पश्चातको खुल्ला छलफल उपाध्यक्ष दिवाकर घिमिरेले गर्नु भएको थियो । सिर्जनशिल प्रकाशन तथा मसलन्द सहकारी सस्था लि. एक बस्तुगत सहकारी भएको र सस्थाको विधान, प्रवन्धपत्र नियमावली र विभिन्न निर्देशिका अनुसार सस्थाका निर्दिष्ट उदेश्य र लक्ष्य अनुसार मसलन्द सामाग्रीको उत्पादन, बस्तु र सेवाको कारोवार समेत भएकोले अहिले सम्मको कारोवारको स्थिती र उत्पादनका लागि पुर्वाधार निर्माण, नयाँ सम्भावना र चुनौतिका सन्दर्भमा अधिकांश सेयर सदस्यले आ-आफ्नो विचार राख्नु भयो । सस्थागत कार्यक्रमको समापन पश्चात् हामी बिहानको खाना खायौ । खानाका साथमा स्टिलका गिलासमा धेरै जसोलाइ लिफ्टिङ्को चिसो पानी थियो भने कोहो कोहोले कोदोको सुगन्धित सुप पनि खाएको सुप पिए पछि मुख बिगारेको देख्दा सहजै अनुमान गर्न सकिन्थ्यो !
    मध्याह्न १२ बजे होमस्टे छोड्नु पर्ने भएकोले हामीलाइ आतिथ्यता प्रदान गर्नु हुने रानीबास सामुदायिक होमस्टे ब्यवस्थापन समितिले फेरि भेट हौला भन्दै त्यसदिनका लागि बिदाइ कार्यक्रम आयोजना गर्नु भयो । मुलको विदाइ मन्तव्य र हाम्रो टोलिको तर्फबाट मनहरिजीले धन्यवाद दिए पछि सबैलाइ निधारमा रातो अविर लगाइ दिइ  हातमा फुल दिएर बिदाइ गर्नु भयो । अब भने सबैलाइ आफुहरु बसेको घरमा गइ झोला लिएर बसमा आउन हतार थियो । हामी पनि ८ नं. घरमा गयौ । धेरै साथिहरु गाडिमा आइसक्नु भएछ । म, रामकृष्णजी र कोइरालाजी भने रानीबास होमस्टेको बखान गर्दै केहिबेर  अलमलियौ । त्यतिकैमा रामकृष्णजीले मलाइ त असाध्यै गर्मी भयो हातमुख धोएर आउछु भन्दै रुपाल बेरेर बाथरुम तिर निस्कनु भयो । रामकृष्णजी नआइपुग्दै गाडिमा बसेका साथिहरुले फोन गर्नु भयो र भन्नू भयो सर ! हजुरहरु अर्को गाडिमा हो र ? हामी त अलि तर झरिसक्यौ नि ! मैले पनि हतार हतार एकै छिन गाडी रोक्न आग्रह गरे र रामकृष्णजीलाइ बोलाउदा बोलाउदै आइपुग्नु भो र हतार हतार तयारी भइ निस्केर अलि तल सम्म हिड्यौ र गाडिमा चढ्दा साथिहरुको आक्रोश हामी माथी खनियो । हामी ढिलो गरेकोमा ग्लानी मान्दै ठट्यौला कुरा गर्दै साघुरो सडकमा गाडिको हर्न सौन्दै झर्‍यौ । करिव ५ किलोमिटरको तलको एउटा घुम्तीमा भने भित्तोसाइडको नालीमा गाडिको एउटा चक्का परे पछि भित्रका हामी सबै गाडिबाट बाहिर निस्कियौ र ड्राइभरले अगाडि पछाडी गराउदा पछिल्लो चक्का मुनि ढुङ्गा राखे पछि गाडी निस्कियो र हामी सबै गाडी चढी काली गण्डकी कोरिडोर अन्तरगत पिपलडाडा रामपुर सडकमा पुगियो । त्यहाबाट हामी रामुपुर नपुग्दै हुँगी भन्ने स्थानमा ब्यवसायिक लिची खेती हुने हुदा त्यहा पुगेर इच्छा अनुसारको लिची खरिद गरि बुटवल तिर लाग्यौ ।  फर्कदा पाल्पाका साथिहरु बर्तुङ झर्नु भयो हामी बुटवल तिर लाग्यौँ । गौडेको पुलबाट बुटवलतिरको धारा पानी, तरकारी, फलफुल, बटुक र सबैखाले चिया पाइने प्रसिद्ध स्टेशनमा गाडी रोकी इच्छा अनुसारको तरकारी खरिदारी र चिया-खाजा ग्रहण गरि बुटवल तिर लागियो । बुटवल सहकारीको अगाडि गाडी रोकियो हामी झर्‍यौ । बाहिर निस्कदा हावाहुरी आएका कारण सहकारीको अफिस भित्र पस्यौ र केही बेर बस्यौ पनि । बाहिर निस्कदा साथिहरु र गाडी केही थिएन भित्र पसेका हामी ८/१० जना मात्र आफ्ना किसिमले यतैबाट लगेको झोला, हुगीको लिची र गौडेपुलको तरकारी लिएर आउदा हाम्रा बस र साथिहरु यत्रतत्र जेसिज चौक वरिपरि हुनुहुन्थ्यो म भने लुखुरलुखुर मंगलापथ तिर लागे ।
    यसरी एकराते रानीबास यात्रा समस्पन भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ २ २०८३०३:५७:४१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology