Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रोटरीले चौराहा चोकमा बाड्यो पिउने पानी

रोटरीले चौराहा चोकमा बाड्यो पिउने पानी

  • 996
    SHARES

  • रोटरीले चौराहा चोकमा बाड्यो पिउने पानी

    बुटवल, जेठ २७ ।

    गर्मी बढेसंगै रोटरी क्लब अफ बुटवल डाउनटाउनले शुक्रबार राजमार्ग चौराहामा गुड, मिश्री र चिसो पिउने पानी बितरण गरेको छ ।

    गर्मीमा तातो हावा वा लुबाट जोगिने उपायबारे सचेतना कार्यक्रम तथा पानी बितरण कार्यक्रमको राजमार्ग चौराहामा सार्वजनिक यातायातका चालकहरुलाई मिठाई र चिसो पिउने पानी बितरण गरि शुरु गरिएको थियो ।

    कार्यक्रममा क्लबका अध्यक्ष भरत रानाले गर्मीको बेलामा काम बिशेषबाट हिडेका नागरिकहरुलाई पिउने पानी वितरण गरेर सामाजिक उत्तरदायित्व निभाएको बताए । कार्यक्रममा संयोजक भानु केसीले गर्मी बढेसंगै बुटवलमा अन्य चोकहरुमा समेत कार्यक्रम गर्ने तयारीमा रहेको बताए ।

    पिउने पानी वितरण तथा सचेतना कार्यक्रमलाई समाजसेवीहरु शम्भु भट्टराई, जबिन कक्षपति, असोक प्रधान, नारायण तिवारी, पदम केसी, सन्जय चौधरी, हरि खरेल, जय शिवशक्ति वाटर ईण्डष्ट्रिजका सुनिल जयसवालबाट सहयोग भएको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology