Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल १२ ढवाहामा दोस्रो पीस पार्क महोत्सव सुरु,असार १० गतेसम्म चल्ने

बुटवल १२ ढवाहामा दोस्रो पीस पार्क महोत्सव सुरु,असार १० गतेसम्म चल्ने

  • 1.3K
    SHARES

  • बुटवल १२ ढवाहामा दोस्रो पीस पार्क महोत्सव सुरु,असार १० गतेसम्म चल्ने

    बुटवल,जेठ २६ ।

    बुटवलमा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव सुरु भएको छ ।  सतगढी युवा क्लवको आयोजना विहीवारदेखि बुटवल उपमहानगरपालिका–१२ ढवाहा स्थित फुटबल ग्राउण्ड, मेनरोडमा सुरु भएको हो। मेला असार १० गतेसम्म संचालन हुने छ  ।

    मेलाको बुटवल उपमहानगरपालिका-१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले नगरले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै वडाध्यक्षले अहिले आर्थिक क्रियाकलाप केही सुस्ताएको अवस्थामा यसप्रकारका मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि सहयोग पुग्ने बताए । 

    कुनै नाफा कमाउने सोचले भन्दा पनि पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको वाली मल्टि एग्रो जोन प्रालिका प्रबन्धक गिरी श्रीसले बताए । मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिइने सतगढी क्लबका अध्यक्ष दिपक पुनले बताए ।

    मेलाको प्रवेश शुल्क १०० रुपियाँ रहेको छ । साथै बृद्ध बृद्धा र अपाङ्गलाई टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलामा ८१ स्टल रहने रहेका छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी रहेको छ ।  मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने रहने छ ।

    मेलाको व्यवस्थापन वाली मल्टि एग्रो जोन प्रा.लि. गरेको छ भने संरक्षकमा बुटवल उपमहानगरपालिका र  सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२  रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology