बुटवल,जेठ २६ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशमा प्रस्तुत नीति तथा कार्यक्रम सतही रुपमा आएको टिप्पणी गरेको छ। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले समग्र विषयवस्तु नै फितलो र हल्का रुपमा आएको प्रतिक्रिया दिए ।
‘प्रदेशको समृद्धिका जुन आधार थिए, तिनलाई साकार बनाउने खालका कार्यक्रम बनाउनुपर्ने थियो, त्यसमा ध्यान दिइएको पाइएन’ उनले भने, ‘यसले निराश बनाउने काम गरेको छ ।’
गिरीले अहिलेको परिस्थितिलाई सही ढंगले अध्ययन नगरी हल्का पाराले नीति तथा कार्यक्रम ल्याइएको बताए । एमालेले समग्र विषयमा अध्ययन गरेर धारणा बनाउने समेत उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)