Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि प्राथमिकतामा (पूर्णपाठ)

  • 3.5K
    SHARES

  • लुम्बिनी प्रदेश : नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि प्राथमिकतामा (पूर्णपाठ)

    बुटवल,जेठ २६  ।

    लुम्बिनी प्रदेश सरकारले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  शुक्रबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषिलाई जोड दिइएको छ । 

    धेरै पुराना कार्यक्रमलाई केही नयाँ नारा दिएर अगाडि प्रस्तुत गरिएको छ । भने केही नयाँ कार्यक्रममा रोजगारी तथा उत्पादनसँग जोडेर ल्याएको छ ।प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत पुराना कार्यक्रमलाई नयाँ नारा दिएर प्रस्तुत गरेको छ भने केही नयाँ कार्यक्रमलाई रोजगारी तथा उत्पादनसँग जोडिएको पनि छ । 

    नीति तथा कार्यक्रममा प्रदेशमा रहेका गौरवका आयोजनालाई उच्च प्राथमिकता दिँदै  प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा निर्माणाधीन भौतिक संरचना सम्झौता अवधिभित्रै सम्पन्न गर्ने गरी तीव्रता दिइने उल्लेख छ । 

    त्यस्तै नदी सभ्यतामा आधारित राजधानीमा सुविधा सम्पन्न सहर विकासका लागि जग्गा एकीकरण (ल्यान्ड पुलिङ) कार्य तदारुकताका साथ अगाडि बढाइने सरकारले जनाएको छ ।

    प्रदेश भित्रका सम्भाव्य स्थानमा नयाँ सहरको विकास गर्न प्रादेशिक सहरी विकास गुरुयोजना तयार गरी क्रमिक रूपमा कार्यान्वयन गर्न पाल्पाको रामपुर, कपिलवस्तुको महाराजगन्ज र दाङको कोइलावास तथा तुलसीपुरको सहरी पूर्वाधार विकास कार्यलाई अगाडि बढाउने सरकारले जनाएको छ ।

    सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरूप १२ वटै जिल्लामा सहरी र बस्ती विकासका लागि सम्भाव्यता अध्ययन गरी कार्यान्वयन गरिने सरकारले जनाएको छ ।

     हेराैँ पूर्णपाठ :-

    lumbini-niti-karyakram.pdf :To download file click here

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology