Logo बिहिवार, आश्विन १ गते २०८३
images

स्वास्थ्यकर्मी संघको स्थापना दिवस : १०३ युनिट रगत संकलन

स्वास्थ्यकर्मी संघको स्थापना दिवस : १०३ युनिट रगत संकलन

  • 2.0K
    SHARES

  • स्वास्थ्यकर्मी संघको स्थापना दिवस : १०३ युनिट रगत संकलन

    बुटवल,जेठ २५ ।

    नेपाल स्वास्थ्यकर्मी संघको ३२ औं स्थापना दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताले रक्तदान गरिएको छ। स्वास्थ्यकर्मी संघ रुपन्देहीको आयोजनामा रक्तदान गरिएको हो।

    कोरोना संक्रमणको महामारीमा अन्य रोगका विरामीहरू बिरामीलाई रगतको आवश्यकता पर्ने हुँदा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनीका ईकाई अध्यक्ष भिम ज्ञवालीले बताउनुभयो।

    उहाले-‘अहिले कोरोना संक्रमणको समयमा अन्य विरामीले झनै दुख तथा रगतको अभाव भोगिरहेका छन। रगतको कुनै कमी नहोस भनेर पनि यो अवसर पारी रक्त दान गरेको हो,’ज्ञवालीले भन्नुभयो। रक्तदान कार्यक्रममा एक सय तीन (१०३) जनाले रक्तदान गरि १०३ युनिट रगत संकलन भएको बताउनुभयो ।

    नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका कार्यबाहक अध्यक्ष वालकृष्ण कडेलको अध्यक्षता नेपाल टेड युनियन काग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपमहासचिब गणेश भन्डारी, नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलवासे, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री, स्वयमसेबी रक्तदाता संघका केन्द्रिय महासचिब कृष्ण चौहान, नेपाल टेड युनियन काग्रेसका जिल्ला अध्यक्ष राम प्रसाद ढकाल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय उपमहासचिब नेत्र राना लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो।

    रक्तदान कार्यक्रमका संयोजक भिम ज्ञाबलीको स्वागत र स्वास्थ्यकर्मी संघ रुपन्देहीका सचिब नन्दाराम पौडेलको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology