Logo बिहिवार, आश्विन १ गते २०८३
images

कालिकोटको रास्कोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोटको रास्कोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • 1.2K
    SHARES

  • कालिकोटको रास्कोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    कालिकोट, जेठ २५।

    कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । 

    घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ । प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउने क्रममा रहेको जनाएको छ । 

    इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ । स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो ।

    घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेलाई उपचारका लागि रास्कोट अस्पताल लगिएको छ । हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology