Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २६ मा

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २६ मा

  • 1.4K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको  नीति तथा कार्यक्रम जेठ २६ मा

    बुटवल,जेठ २४ ।

    लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

    दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको छ । यसअघि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलिपल्टका लागि सारिएको थियो । 

    प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री सन्तोष पाण्डेका अनुसार कृषि तथा रोजगारी कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology