Logo बिहिवार, आश्विन १ गते २०८३
images

राजसंस्थाको स्थापनाका लागि फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन थालिने

राजसंस्थाको स्थापनाका लागि फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन थालिने

  • 2.7K
    SHARES

  • राजसंस्थाको स्थापनाका लागि फाुगन ७ गते काठमाडौंबाट निर्णायक आन्दोलन थालिने

    बुटवल,मंसिर २०-

    ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आह्वानमा काठमाडौं उपत्यकामा राजसंस्थाको माग गर्दै शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले हातहातमा राष्ट्रिय झण्डा बोकेका थिए ।

    पृथ्वीनारायण शाहको तस्वीर बोकेका उनीहरुले राजसंस्थाको स्थापना तथा संघीयता र धर्म निरपेक्षता खारेज गर्नुपर्ने नारा लगाएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले आफूहरुको तीन माग रहेको बताए । राजसंस्था स्थापना, तथा संघीयताको र धर्म निरपेक्षताको खारेजी आफूहरुको माग भएको उनले बताए ।

    अधिवक्ता बालकृष्ण न्यौपानेले आफूहरुले हिजोको जस्तो राजा होइन, बेलायत र जापानको जस्तो राजसंस्था खोजेको बताएका छन् । यसका लागि आगामी फाुगन ७ गते काठमडौंबाट निर्णायक आन्दोलन गर्ने उनले बताए ।rajabadi.jpg

    यसअघि देशभर बिभिन्न जिल्लाहरुमा राजसंस्थाकाे पक्षमा प्रदर्शन जारी भैरहेका छन् । 

    rajabadi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology