Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुत्केरीको खानपान र स्याहार-सुसार यसरी गर्नूस्

सुत्केरीको खानपान र स्याहार-सुसार यसरी गर्नूस्

  • 3.2K
    SHARES

  • सुत्केरीको खानपान र स्याहार-सुसार यसरी गर्नूस्

    बुटवल, जेठ ।

    नाै महिनासम्म गर्भ, त्यसपछि पीडादायी प्रसूती र आमा बनेपछि नवजात शिशु हुर्काउनुपर्ने भएकाले सुत्केरी महिलाको लागि पर्याप्त आरम एवं पोषिलो खानपान जरुरी हुन्छ । प्रसुती गराइसकेपछि वा सुत्केरी अवस्थामा आमाको लागि विशेष स्यहारसुसार जरुरी हुन्छ । खासगरी मासु, दुध, अण्डा, फलफूल वा झोलिलो पदार्थ सेवन गराउनुपर्छ । आमाको दुधबाट शिशुले पनि सम्पूर्ण आहार लिने भएकाले सुत्केरीलाई उचित स्यहारसुसार नपुगेको अवस्थामा आमा र शिशु दुबैको स्वास्थ्य कमजोर हुनसक्छ ।

    त्यसैले महिलाहरुलाई भिटामिन, क्यालोरी एंव प्रोटीन युक्त भोजन खाना दिनुपर्छ । सहि खानपान र नियमित व्यायामले महिलाको शक्ति मिल्छ ।

    -प्रसव पछि शरिरमा पानीको मात्राको कमी नहोस् भनेर प्रशस्त मात्रामा पानी, नरिवलको पानी, गाजरको जुुस, खरबुजाको जुस पिउनुपर्छ ।

    -रातीको खाना हल्का खानुपर्छ, रातको खानामा सुप, हरियो सागसब्जी, दहीको सेवन लाभदायक हुन्छ । साथै गहुँ, अन्न, दालको सेवनले बच्चालाई  पनि पोषण मिल्छ ।

    -रातको खाना पछि तर विनाको दुध पिउँदा राम्रो हुन्छ ।

    -खानाको स्वाद बदल्नको लागि पान  पनि खान सकिन्छ, पानबाट खनिज प्राप्त हुन्छ र निद्रा पनि राम्रोसँग लाग्छ ।

    -पनीरयुक्त खाद्य  पदार्थको सेवन गर्नुपर्छ ।

    -उसिनेको अन्डा, माछा  खानामा सामेल गर्ने ।

    -यस्तो अवस्थामा शरिरलाई अधिक पोषणको आवश्यकता पर्छ ।  डेरी प्रोडक्टको प्रयोग राम्रो मानिन्छ । तागतको लागि ड्राई फ्रुटस्को मिल्क  सेक बनाएर खान सकिन्छ ।

    -बिहानको ब्रेकफास्टमा एन्टिअक्सीडेन्ट पाइने खानेकुरा खाने ।

    -ब्रेकफास्ट र लञ्चको विचमा चिया पिउन सकिन्छ, ग्रिन टी पिउँदा एकदमै राम्रो हुन्छ । हल्का व्यायाम र स्ट्रेचिङ् पनि गर्न सकिन्छ ।

    -घिउको सेवन पनि एकदमै लाभदायक हुन्छ । धेरैमात्रामा खानु भने हुँदैन् । डेलिभरी पछि शरिर कमजोर भएको हुन्छ त्यसबाट बच्नको लागि घिउको सेवन एकदमै राम्रो हुन्छ । थोरै मात्रामा सेवन गरेमा इनर्जी मिल्छ भने धेरै खाएमा फ्याट बढ्छ र कोलस्टोरको समस्या हुन सक्छ ।

    ध्यान राखाैँ यी कुराहरु :

    -उचित खानपान र व्यायामको साथै पर्याप्त निद्राको पनि आवश्यक पर्छ । बच्चाको हेरचाह गर्नुपर्ने भएकाले निद«ा राम्रोसँग पुग्दैन । जसले गर्दा भोक नियन्त्रण गर्ने हर्माेनमा असर पर्छ । र ओभरइटिङ गर्ने बानी हुन्छ जसले गर्दा तौल बढ्छ ।

    -दिनभरीमा दश गिलासभन्दा बढि पानी पिउनुपर्छ । यसबाट शरिरमा भएको बिषालु पदार्थ र फ्याट बाहिर निस्कन मद्दत गर्छ  ।

    -सन्तुलित आहारसँगै नियमित  रुपमा व्यायाम पनि गर्नुपर्छ  । व्यायामबाट अनिद्रा तनावमुक्त हुन सहयोग गर्छ । फिट  एन्ड फाइन रहन एरोबिक्स  र योगा गर्नुपर्छ ।

    -खाना कम गर्नुभन्दा दिनमा धेरैपटक थोरै  थोरै गर्दै खाने । थोरै थोरै धेरैपटक खाँदा शरिरमा पोषकतत्वको कमि हुन पनि पाउँदैन ।

    -भोजनमा फाइबर युक्त खानेकुराको सामिल गर्नुपर्छ । यसको सेवनले डेलिभरी पछि बढ्ने तौल  नियन्त्रण हुन्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology