बुटवल, जेठ २१ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना बिदा दिएको छ।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय जाने आउने बालबालिकालाई प्रत्यक्ष असर पारेको भन्दै गर्मी बिदा दिने निर्णय गरेको हो।
कार्यपालिकाको बैठकले जेठ २२ देखि असार १७ गतेसम्म बिदा दिने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)