Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

एसईई दिएका बिद्यार्थीका लागि न्यू होराईजन उत्सव –२०८० हुने

एसईई दिएका बिद्यार्थीका लागि न्यू होराईजन उत्सव –२०८० हुने

  • 918
    SHARES

  • एसईई दिएका बिद्यार्थीका लागि न्यू होराईजन उत्सव –२०८० हुने

    बुटवल, जेठ २१ ।

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा सरिक बनाउन न्यू होराईजन उत्सव –२०८० हुने भएको छ । बुटवलमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै शारीरिक तथा बौद्धिक क्रियाकलापहरुमा सहभागिता जनाउनको लागि उत्सवको आयोजना गरेको हो ।

    यही जेष्ठ २३ गतेदेखि असार १ गतेसम्म चल्ने उत्सवमा क्रिकेट ,फुटसल, हाजिरीजवाफ र म्युजिकल ट्यालेन्ट हन्टको आयोजना गरिएको विद्यालयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    लुम्बिनी प्रदेशका एसईई दिएका विद्यार्थीहरु सहभागिता जनाउन पाउने छन । यही जेठ २३ गतेदेखि २५ गतेसम्म टि–१० क्रिकेट प्रतियोगिताको आयोजना हुने खेल संयोजक प्रकाश खनालले जानकारी दिनुभयो । प्रतियोगितामा करिब ३० टिमको सहभागिता हुने र बिहान र साँझको समयमा प्रतियोगिता संचालन हुनेछ ।

    यस्तै जेठ २७ र २८ गते फुटसल, ३० गते हाजिरीजवाफ प्रतियोगिताको आयोजना हुने शिक्षक मनोज सिलवालले जानकारी दिनुभयो । यस्तै जेठ ३१ र ३२ गते रोबोटिक्स वर्कसप र असार १ गते म्युजिकल ट्यालेन्ट हन्टको आयोजना गरिएको उहाँले बताउनु भयो ।

    प्रतियोगितमा प्रथम,द्धितिय ,तृतिय र सान्त्वनाका लागि अधिकतम रु २० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जानकारी दिएको छ । प्रदेश भरका करिब ५०० विद्यार्थीको सहभागिता हुने गरी प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।

    विद्यालयले अध्ययन–अध्यापनसँगै विद्यार्थीको शारीरिक, बौद्धिक क्षेत्रको विकासमा विविध विधामा आन्तरिक तथा बाह्य सिर्जनात्मक क्रियाकलापहरु संचलान गर्दै आएको जानकारी दिनुभयो ।

    एसईई दिएर बसेका विद्यार्थीहरुलाई सृर्जनात्मक सक्षमतालाई उजागर गर्ने र विविध खेल विधाका माध्यमबाट आपसी सद्भाव अभिबृद्धि गर्नको लागि न्यू होराईजन उत्सवको आयोजना गरिएको उपाध्यायले जानकारी दिनुभयो । रुपन्देही जिल्ला भन्दा बाहिरबाट आउने विद्यार्थीहरुलाई प्रतियोगिता सञ्चालन हुँदासम्म आवशिय सुविधा समेत रहेको उहाँले पत्रकार सम्मेलनमा बताउनु भयो । प्रतियोगितामा सहभागिता जनाउनको लागि कुनै शूल्क नलाग्ने विद्यालयले जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २१ २०८००८:३४:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology