Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

 अत्याधिक गर्मीले रुपन्देहीको जनजीवन कष्टकर

 अत्याधिक गर्मीले रुपन्देहीको जनजीवन कष्टकर

  • 921
    SHARES

  •  अत्याधिक गर्मीले रुपन्देहीको जनजीवन कष्टकर

    बुटवल, जेठ २१ ।

    अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित बनेको छ । तापक्रम लगातार बढ्दै जाँदा हिँडडुल गर्न समस्या भएको स्थानीयको भनाइ छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो ।

    गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरलाई प्रभावित पारेको छ । कतिपय विद्यालयले गर्मी बिदा दिएका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडकमा आवागमन पातलिने गरेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनअनुसार भैरहवाको अधिकतम तापमान ४१ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकले सुझाव दिएका छन् । 

    अस्पतालमा अहिले गर्मीकै कारण दैनिक चार सयसम्म बिरामी आउने गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology