Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता

सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता

  • 792
    SHARES

  • सुनकोशीमा जीप खस्दा सीटीईभीटीईका तीन कर्मचारी वेपत्ता

    सिन्धुली,जेठ १९ । 

    मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो । 

    जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए । 

    गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ १९ २०८००१:५३:४४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology