Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदै

  • 675
    SHARES

  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाँदै

    काठमाडौं, जेठ १९ ।

    चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इन्दोर जाँदैछन्।मध्यप्रदेशको इन्दोर फोहोर व्यवस्थापनको नमूनायोग्य सहर हो । सफा र व्यवस्थित पनि छ।

    प्रधानमन्त्री प्रचण्डले त्यहाँको फोहोर व्यवस्थापनको अवलोकन गर्ने उनको सचिवालयले जानकारी दिएको छ।प्रचण्ड आज दिउँसो १ बजे इन्दोर पुग्नेछन्। उनी आज राति त्यहीँ बस्ने कार्यतालिका रहेको छ।

    त्यस्तै आजै प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग भेटघाट गर्नेछन्। साँझ मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।

    प्रचण्ड शनिबार अपराह्न स्वदेश फर्कने कार्यतालिका छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ १९ २०८००१:४१:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology