Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम

नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम

  • 1.2K
    SHARES

  • नेको इन्सुरेन्स लिमिटेडको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम

    बुटवल ।

    नेको इन्सुरेन्स लिमिटेडको २७ औ वार्षिक उत्सव कार्यक्रमको अवसर पारेर क्षेत्रीय कार्यालय बुटवलले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।सोही अवसरमा मानव सेवा आश्रम बुटवलमा खाना खुवाउने कार्यक्रम पनि सम्पन्न गरेको छ ।नेको इन्सुरेन्स लिमिटेड बुटवलका क्षेत्रीय प्रबन्धक एवम् संस्थाका सहायक महाप्रबन्धक रमेश बहादुर थापाको अध्यक्षतामा रक्तदान कार्यक्रम एवम् खाना खुवाउने कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

    सो अवसरमा क्षेत्रीय प्रबन्धक थापाले भइपरी आउने क्षतिमा व्यवसायीहरूलाई विमाले मलम लगाउने काम भएको बताए । उनले आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले रक्तदान तथा खाना खुवाउने कार्यक्रम गरेको बताए ।

    बीमा प्राधिकरण प्रदेश कार्यालय बुटवल कि सहायक निर्देशक सुरक्षा रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्व दीपक नेपाल, नेपाल, स्व सेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रेडक्रस सोसाइटी बुटवलका सदस्य कृष्ण चौहान लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    कार्यक्रम नेको इन्सुरेन्स लिमिटेड बुटवलका शाखा प्रबन्धक गोपीलाल पौडेलको सञ्चालन तथा कर्पोरेट म्यानेजर सर्जन भट्टराईको स्वागत भएको थियो ।रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेका थिए ।कार्यक्रमको संयोजन अशोक पाण्डेले गरेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, जेठ १८ २०८००८:२८:५१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology