Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले गर्यो दुई पालिकालाई सम्मान

नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले गर्यो दुई पालिकालाई सम्मान

  • 1.3K
    SHARES

  • नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले गर्यो दुई पालिकालाई सम्मान

    बुटवल,जेठ १७ ।

    सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित गरेको भन्दै नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले जिल्लाका दुई पालिकालाई सम्मान गरेको छ । नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरेका रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरेको हो ।

    विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुधबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईँ र संस्थाका अध्यक्ष खिमबहादुर हमालले यी दुई नगरपालिकालाई सम्मान गर्नुभयो ।  

    त्यसैअवसरमा संस्थाले संस्थाका सदस्य तथा सल्लाहकार प्रवल जनसेवा श्रीबाट विभूषित निर्मलप्रसाद लाकौल, लायन्स क्लव डिष्ट्रिकमा निर्वाचित फष्ट भाईस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सुभयात्रा संस्थाका अध्यक्ष मधुसुदन गैरे र जिल्ला वचत तथा ऋण सहकारी संस्था रुपन्देहीका अध्यक्ष बसन्तप्रसाद ढकाललाई सम्मान गरेको छ ।

    कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक चपाईँले मानव स्वास्थ्यलाई ध्यान दिएर सुर्तीजन्य पदार्थ विरुद्धको कानुनलाई कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका पालिकाहरुलाई आग्रह गर्नु भयो ।

    तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निषेधित पालिका घोषणा गरी क्यान्सर मुक्त समाज निर्माणको अभियानमा अग्रसर रहेकोले सुर्तीजन्य तथा गुट्खाजन्य पदार्थ निशेधित गरेका तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकालाई सम्मान गरिएको नेपाल अर्वुद रोग निवारण संस्था रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

    सम्मानित तिलोत्तमा नगरपालिकाका प्रतिनिधि वडा अध्यक्ष गणेश पाठकले नगरपालिकालाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद दिदै सम्मानले नगरपालिकालाई थप प्रेरणा र हौषला मिलेको भनाई राख्नुभयो । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा प्रत्येक ८ सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको वालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले बताउनु भयो ।samman.jpg

    उहाँका अनुसार सबैजसो क्यान्सरमा सुर्तीजन्य पदार्थको सेवनले प्रत्येक्ष सम्बन्ध राख्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा बर्सेनि १५ हजार मानिसको मृत्यु हुने गरेको छ । अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणको लागि सरकारले महासन्धिभन्दा पनि अगाडि पुगेर निर्णय गरेको दृष्टान्त प्रस्तुत गर्दै ऐनको कार्यान्वयनमा राज्य उदासिन भएको बताउनु भयो । अनुगमन र कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको उहाँको भनाई छ ।

    त्यस्तै सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा लायन्स पनि संगसंगै रहेको लायन्स डिष्ट्रिकका सेकेन्ड भाईस डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले प्रतिवद्धता व्यक्त गर्नुभयो । सुर्तीजन्य पदार्थ नियमन, नियन्त्रण ऐन कार्यान्वयनका लागि संस्थाले जिल्ला प्रशासन तथा पालिकाहरुलाई ध्यानाकर्षण गराईएको र संस्थाको सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सहयोग मिलेको नेपाल अर्वुद रोग निवारण संस्थाका सचिव प्रजापाल गिरीले बताउनु भयो । कार्यक्रम संस्थाका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक हरिप्रसाद अर्यालको स्वागतमा भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology