Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

एभरेस्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

एभरेस्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

  • 1.3K
    SHARES

  • एभरेस्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

    नाम्चे,जेठ १५ ।

    तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १९ औ सस्करणको ४२ किमि तर्फको पुरुष तर्फको उपाधी सुमन कुलुङ राइले जितेका छ्न।

    हिमालय एक्सपिडिसन्स्को  आयोजनामा सम्पन्न म्याराथनमा राइले निर्धारित सगरमाथा आधार शिविर  देखि नाम्चे बजार सम्मको दुरि ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेन्जिङ हिलारि एभरेस्ट म्याराथनको उपाधी जितेकी हुन्। राइले जित सङै १ लाख ५० हजार रुपैया प्राप्त गरेका छ्न।

    तेसै गरि दल बहादुर कुवरले ३ घन्टा ५७ मिनेट ५३ सेकेन्डमा पूरा गर्दै दोश्रो भए । कुवरले ८५ हजार रुपैया पुरस्कार पाए । उमेश राइले ४ घन्टा २ मिनेट ३ सेकेन्डमा दुरि पूरा गर्दै तेस्रो भए । उन्ले ७५ हजार रुपैयाको पुरस्कार प्राप्त गरे।

    महिला तर्फको म्याराथनको उपाधी कर्णालिकी मन्जु रावतले जितेकी छिन। रावतले ५ घन्टा २८ मिनेट्मा पूरा गरेकी हुन । उन्ले १ लाख ५० हजार रुपैया पुरस्कार प्राप्त गरिन।तेस्तै सो दुरी ५ घन्टा २८ मिनेट ३६ सेकेन्ड्मा पूरा गरि लाक्पा निग्मा शेर्पा दोश्रो भइन ।उल्ने  ८५ हजार रुपैया पुरस्कार पाइन ।तेस्तै दिल कला कुलुङ्ले सो दुरि ५ घन्टा ३१ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेश्रो भइन ।उन्ले ७५ हजार रुपैया पुरस्कर पाइन।

    उता २१ किमि को खुल्ला  तर्फक्क हाफ म्याराथनको उपाधी भारतकी सम्झना राईले जितिन । राइले निर्धारित दुरि ३ घन्टा १९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन । उन्ले १ लाख ५० हजार रुपैया पुरस्कार प्राप्त गरिन। अस्ट्रेलियाकि इमा विलियम्सले सो दुरि ३ घन्टा २१ मिनेट ४१ सेकेन्डमा पूरा गरि दोश्रो भइन । विलियम्सले ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन।तेस्तै रसियाका अलेक्जेन्दर बुर्टसेभ ले ३ घन्टा २३ मिनेट ५४ सेकेन्डमा पूरा गरि तेस्रो भइ ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। उता ७० किलोमीटर को  अल्ट्रा म्याराथनमा नेपाली धावक हरुले जित निकालेका छ्न ।  

    तिर्थ बहादुर तामाङले निर्धारित दुरि ८ घन्टा ३८ मिनेट ९ सेकेन्डमा पुरा गरि प्रथम भए । उन्ले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। तेस्तै तिलक बहादुर सुनुवारले ९ घन्टा २ मिनेट ३१ सेकेन्डमा सो दुरि पूरा गरि दोश्रो भए । उन्ले १ लाख रुपैयाँ पुरस्कार पाए । तेस्तै किरण कुलुङ राइले ९ घन्टा२६ मिनेट ३८ सेकेन्ड मा पूरा गरि तेस्रो भए । उन्ले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    बिदेशी खेलाडी तर्फको म्याराथनमा अमेरिकाका टेट पोलम्यानले ४ घन्टा ४७ मिनेट १० सेकेन्डमा पूरा गरि प्रथम भए । सो दुरि ६ घन्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरि अस्ट्रेलियाका किरा बसमन्नो दोश्रो स्थानमा आउदा बेलायतका म्याथु विलियम चिन तेश्रो भए ।उन्ले सो दुरी ६ घन्टा ३० मिनेट ४३ सेकेन्डमा पूरा गरे।बिजेताहरुलाइ आयोजक सस्था हिमालय एक्सपिडिसन्स का सस्थापक अध्यक्ष बिक्रम   पाँडेकाजी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

    बिस्वको सर्बोच्च इस्थानमा आयोजना हुने यो एकमात्र म्याराथन रहेको र यस पटकको  म्याराथनमा नेपाल सहित २८ देशका २०४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।सहभागी मध्ये नेपाली ६९ र १३५ बिदेशी  रहेको म्याराथनका रेस डाइरेक्टर शिखर पाँडेले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology