Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा सचिवालय बैठक अपरान्ह १ बजे बालुवाटारमा

नेकपा सचिवालय बैठक अपरान्ह १ बजे बालुवाटारमा

  • 2.3K
    SHARES

  • नेकपा सचिवालय बैठक अपरान्ह १ बजे बालुवाटारमा

    बुटवल,मंसिर २० ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक आज शनिबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्न लागेको हो।

    बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली  उपस्थित नभएपछि बैठक आज शनिबारका लागि तय भएको थियो।

    पार्टीमा देखा परेको संकट र विद्यमान समस्याको समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित भएको निष्कर्ष निकाल्दै बुधबारको बैठक स्थगित गरिएको थियो। 

    आजको बैठकमा पनि ओली उपस्थित हुने नहुनेबार निश्चित नभएको उनको सचिवालयले जनाएको छ। ‘प्रचण्ड कमरेडले बैठक बोलाउनु भएको हो, प्रधानमन्त्री उपस्थित हुनुहुन्छ कि के गर्नुहुन्छ भन्न सकिएन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

    बुधबारको सचिवालय बैठकले १८ गतेका लागि तोकिएको स्थायी कमिटी बैठक पनि २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरेको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology