Logo बिहिवार, आश्विन १ गते २०८३
images

अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्छ :घनश्याम भुसाल

अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्छ :घनश्याम भुसाल

  • 1.2K
    SHARES

  • अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्छ :घनश्याम भुसाल

    बुटवल, जेठ १४ ।

    नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकको अस्थिरताको जननी बेरोजगारी, भ्रष्टाचार मुल कारण रहेको बताएका छन् । उनले विगत ७० बर्षयता राजनीतिक रुपमा अस्थिरता निम्तिनुमा मुलुकमा रहेको बेरोजगारी समस्या हल गर्न नसक्नु र देशमा सुशासन कायम गर्न नसक्दा मौलाएको भ्रष्टाचार नै कारकतत्व रहेको बताए ।

    नेकपा एकिकृत समाजवादी रुपन्देहीले आईतबार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महासचिव भुसालले एकपछि अर्को सरकार बन्ने परिपाटीको अन्त्य अबको आवश्यकता भएको बताए । उनले अब सरकारले भ्रष्टाचारको फाइल क्रमश खोल्दै जानुपर्ने बताए । ‘भ्रष्टाचारका फाईल खुल्दै जादा धुव्रिकरण पनि बढ्दै जानेछ, विदेशी शक्तिहरुको पनि चलखेल हुनसक्छ’ उनले भने । उनले अब समाजवादी मोर्चा बनाएर वामपन्थी धु्रवीकरणको दिशामा मुलुकलाई अगाडि बढाउनुपर्ने बताए । मुलुक इतिहासकै ठूलो उकुसमुकसमा रहेकाले त्यसबाट मुक्ति दिलाउनका लागि वैचारिक पार्टीहरु जनताको विचमा पुग्नुपर्नेमा उनको जोड छ । महासचिव भुसालले अबको २ वर्षभित्र वामपन्थी शक्तिलाई  विकल्पका रुपमा ल्याउनका लागि एकिकृत समाजवादीले नेतृत्वदायी भूमिका खेल्ने बताए ।  

    उनले बेरोजगारले युवाहरुमा अभाव र छटपटी पैदा गरेको र भ्रष्टाचारले नेताहरुप्रती वितृष्णा पैदा गरेकाले नयाँ दलहरुको उदय भएको बताए ।  ‘बेरोजगारी र भ्रष्टाचारकै कारण केहि नयाँ दलहरुको उदय भएको छ’ भुसालले भने –‘तर तिनबाट मुलुकको यो समस्या अन्त्य हुनेवाला छैन ।’

    महासचिव भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी हावाहुरीबाट उदय भएको बताउँदै संगठन निर्माण गर्नेक्रममा त्यसमा विखण्डन पैदा हुने बताए । ‘रास्वपा भन्ने पार्टीको उदय अभाव र पिडाका विचबाट उदय भएको हो, वैचारिक धरातल विना बनेको पार्टीले दीर्घकालिन रुपमा केहि काम गर्न सक्दैन’ उनले भने –‘अब यसका लागि हामी सच्चिएर जनताको विचमा जानुपर्छ ।’ उनले नेपाली काँग्रेस र नेकपा एमालेले अब देशको राजनीतिक, आर्थिक समाजिक सुधारका लागि काम गर्न नसक्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा वैचारिक हिसाबले एकिककृत समाजवादी नै सहि ठाउँमा रहेको बताए ।

    राष्ट्रिय पूँजीको विकास गरि समाजवादी व्यवस्था निर्माणमा पुग्ने सैद्धातिक र वैचारिक दृष्टिकोण आफुहरुले मात्रै राखेको बताउँदै कार्यकर्तालाई नागरिकका गास, बास र कपासका ऐजेन्डा लिएर जनताको विचमा जान आग्रह गरे । उनले नेकपा एमालेमा केपि ओली प्रवृत्ति नै विचार, सिद्धान्त र संगठन हुँदा विद्रोह गर्नुपरेको बताए । ‘विद्रोह कठिन काम हो, त्यसैले गाउँ गाउँमा पुगेर समाजवादी कार्यक्रम बताउनुहोस्’ उनले भने । भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, अर्का केन्द्रीय सदस्य बाबुलाल यादव, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology