Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

 बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल्स्‌‌ सम्पन्न, ६ ब्याण्डका २ दर्जन गीत प्रस्तुत

 बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल्स्‌‌ सम्पन्न, ६ ब्याण्डका २ दर्जन गीत प्रस्तुत

  • 4.5K
    SHARES

  •  बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनल्स्‌‌ सम्पन्न, ६ ब्याण्डका २ दर्जन गीत प्रस्तुत

    बुटवल,जेठ १३ ।

    बुटवल रक्सको म्यूजिकल कन्सर्ट द ओरिजिनलस्‌‌ सम्पन्न भएको छ । कार्यक्रम बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको आयोजनामा सो कार्यक्रम शनिबार बुटवलको द कन्सेप्टमा भएको हो । साे सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा ६ वटा ब्याण्डले २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले नागरिक अनलाइनलाई बताए ।

    कार्यक्रममा अमाध्यम, द नेचर‌, सिन्थेसिस नेपाल, मनिस एण्ड फ्रे्न्डस्, अन्तिम पन्ना,प्रनिस एण्ड टिम व्याण्डहरुको प्रस्तुती थियो । समूहमा बुटवल, भैरहवा,सैनामैना ,पाल्पा लगायतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३ देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट पाचौं संस्करणको कार्यक्रम हो ।

    पहिलेको वर्षमा हरेक पटक–फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको  कार्यक्रम संयोजक अनुप प्रधानले बताए।

    स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

    कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका सचिव/ फाउन्डर अनुप प्रधानले बताए ।banda a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ १३ २०८०१०:०५:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology