Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण 

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण 

  • 684
    SHARES

  • गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण 

    बुटवल, जेठ १३ ।

    बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा शनिबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थी स्वागत तथा अभिभावकहरू अभिमुखीकरण गरिएको हो ।

    विद्यालयमा यो वर्ष ४२६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकहरुलाई अभिमुखीकरण प्रशिक्षण दिएका थिए ।  प्राचार्य अधिकारीले विद्यालयले स्थापनाको छोटो समयमा अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताए । गुणस्तरीय शिक्षामा विद्यालय सधै प्रतिबद्ध रहेको प्राचार्य अधिकारीले प्रतिबद्धता व्यक्त गरे ।  

    विद्यालयलका अध्यक्ष रणबहादुर थापाले विद्यालय अब्बलतातर्फ लम्किरहेको बताउँदै सबैको साथ र हौसला सधै आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका सल्लाहकारहरू राजेन्द्र ढकाल, भरत पाठक, चन्द्रमणि अधिकारी, विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालक लोकराज शर्मा लगायतले बोलेका थिए । विद्यालयका सञ्चालक जीवन अधिकारीको स्वागत तथा नेपाली विषय विभागका प्रमुख नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
    सोही अवसरमा विद्यालयले टेवलटेनिसका राष्ट्रिय खेलाडीद्वय रितिम गुरूङ र सुजल आचार्यलाई सम्मान गरेको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ६७ विद्यार्थी अध्ययनरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ १३ २०८००४:४२:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology