Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

तानसेनमा  वृत्ति विकास तथा रोजगार मेला सम्पन्न 

तानसेनमा  वृत्ति विकास तथा रोजगार मेला सम्पन्न 

  • 1.2K
    SHARES

  • तानसेनमा  वृत्ति विकास तथा रोजगार मेला सम्पन्न 

    पाल्पा,जेठ १३ ।

    तानसेन नगरपालिकाको आयोजना मा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट आजै ३ जनाले विभिन्न क्षेत्रबाट रोजगारीको लागी नियुक्ति पत्र पाएका छन् भने २९० जनाले रोजगार पाउने भएका छन् ।  

    नाटा पाल्पा च्याप्टर  , भवन तथा बाटो निर्माण कर्मी संघ , पाल्पाली ढाका संघ, पाल्पा उद्योग वाणिज्य संघ , पाल्पा व्यापार संघ , पाल्पा होजियरी , हाम्रो पाल्पा जव लिंक ,होटल तथा व्यवसायीसंघ , पाल्पा प्याप्सन , फ्लाइ तानसेनबाट रोजगारी पाउने भएका हुन् ।  ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो ।
    रोजगारमेलाका प्रमुख अतिथि लुम्बिनि प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री बिरबहादुर रानाले रोजगारीका लागि सीप सिक्न चाहेका र सीप सिकिसकेका व्यक्तिहरुले रोजगारी प्राप्त गर्न मेलाले सहयोग पुग्ने बताउनुभयो ।

    उहाले, ‘किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेको, भएपनि उनीहरु खुसी हुन नसकेको बताउदै  स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले योजना अघि सारेकोमा धन्यवाद व्यक्त गर्नुभयो  ।’

    आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गरीएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । तानसेनको शिक्षा तथा सामाजिक विकास समितिका संयोजक तथा मेला व्यवस्थापन उपसमितिका संयोजक प्रदीप खनालले स्वागत मन्तव्य राख्दै ‘यस मेलाले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी उनीहरुलाई समयमै रोजगारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरीएको जानकारी दिनुभयो ।

    जिल्ला समन्वय समितिका प्रमख टंकनाथ खनाल, तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा सिंजाली, सामाजिक विकास मन्त्रालय लुम्बिनी, प्रदेशका उपसचिव थानेश्वर ज्ञवाली , इन्स्योर हेल्भेटास लुम्बिनीका प्रवन्धक निर्मला मैनाली , शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मोहन श्रेष्ठ लगाएतले बोल्दै   आफ्नो मार्ग पहिचान गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यसायअनुसारको जनशक्ति खोजी गर्न मेला आवश्यक रहेको बताएका थिए । मेलामा सीप सिक्ने तरिका, सिकाईका माध्यम, रोजगारी प्राप्त हुने स्थानहरु बारे जानकारीमूलक स्टलहरु राखीएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ १३ २०८००३:०६:५८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology