Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

प्यारामाउण्टमा क्रिकेट क्याम्प ५५ जना विद्यार्थीको सहभागिता

प्यारामाउण्टमा क्रिकेट क्याम्प ५५ जना विद्यार्थीको सहभागिता

  • 1.1K
    SHARES

  • प्यारामाउण्टमा क्रिकेट क्याम्प ५५ जना विद्यार्थीको सहभागिता

    बुटवल,जेठ १२ ।

    रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो ।

    ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयका प्लस टु (व्यवस्थापन) संयोजक लक्ष्मण अर्यालले जानाकारी दिए ।

     निशुल्क प्रदान गरिएको क्रिकेट क्याम्पमा नेपाल क्रिकेट एशोसिएनका सहायक प्रशिक्षक बसन्त बहादुर शाहीले प्रशिक्षण दिएका थिए । पछिल्लो समय क्रिकेट खेल तर्फ धेरै विद्यार्थीहरुको रुची बढ्दै गएकाले पनि निशुल्क क्रिकेट क्याम्प आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्लस टु विज्ञान संकायका संयोजक सुरज बस्यालले क्रिकेट क्रेज बढिरहेको अवस्थामा त्यसलाई प्रोत्साहन गर्न पनि विद्यालयले क्याम्पको आयोजना गरेको बताए ।

    क्याम्पमा विद्यार्थीहरुले बलिङ, व्याटिङ, फिल्डिङका साथै सामान्य आधारभुत ज्ञान समेत प्राप्त गरेका थिए । हाल विद्यालयले क्रिकेट खेललाई प्राथमिकतामा राख्दै प्रशिक्षण केन्द्र समेत सञ्चालनमा आएको छ । हालै मात्र विद्यालयले क्रिकेट प्रशिक्षकको रुपमा बसन्त शाहीलाई नियुक्त गरेको र अब विद्यार्थीहरुका लागि नियमित क्रिकेट प्रशिक्षणको कार्यक्रम गर्ने बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ १२ २०८००८:२२:५०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology