Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीले चर्काए आन्दोलन

लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीले चर्काए आन्दोलन

  • 2.7K
    SHARES

  • लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीले चर्काए आन्दोलन

    बुटवल, जेठ ११  ।

    लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बिएएलएलबी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी विभिन्न माग अघि सारेर आन्दोलित बनेका हुन् ।

    उनीहरूले क्याम्पसमा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुख, विश्वविद्यालयका भिसी, रजिष्ट्रार लगायत हराएको भन्दै चोक चोकमा पोष्टर समेत टाँसेका छन् ।

    उनीहरूले डीन कार्यालयलाई सिटी क्याम्पस बुटवलमा सार्ने र डीनलाई नियमित पठनपाठनका निमित्त नियुक्त गर्नुपर्ने विद्यार्थीहरूको माग छ । विद्यार्थीहरू बुटवलको जेसिस चोकमा जम्मा भएर भोग हडतालमा बसेका छन् । उनीहरूले ८ जेठबाट क्याम्पसमा तालाबन्दी गरेका थिए ।

    विद्यार्थीहरूले नयाँ ४ जना कानुन क्षेत्रमा दक्षता हासिल गरेका शिक्षकलाई प्रशासनले आवेदन गरी विद्यार्थीहरूको समूहमा राखी डेमो क्लास गराई विद्यार्थी राय अनुसार नियुक्त गर्नुपर्ने माग छ ।

    हालको क्याम्पस प्रमुखलाई प्रमुखको पदबाट हटाई कानुन सङ्कायमा एलएलएम गरेको योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने, कानुन संकायको संयोजक समेत एलएलएम गरेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने विद्यार्थीहरूको माग छ । सबै कक्षाकोठाहरूमा सीसीटीभी जडान गर्नुपर्ने, गुणस्तरीय इन्टरनेटको व्यवस्था गर्नुपर्ने लगायतका २३ बुँदे माग अघि सारेका छन् ।lbu.jpg

    भिसी, रजिस्ट्रारदेखि पढाउने शिक्षकसम्म राजनीतिक अखडा भएको भन्दै पढ्न पाउने वातावरण मिलाउन माग गर्दै आन्दोलन गर्नुपरेको विद्यार्थी शिद्धार्थ कँडेलले जानकारी दिए । क्याम्पसको अवस्था अस्तव्यस्त हुँदा समेत सुधारका लागि कुनै चासो नदेखाएपछि आफूहरू आन्दोलित बनेको उनको भनाई छ ।

    क्याम्पस प्रमुख क्याम्पसमा नबसेर भागेर सेन्ट्रल क्याम्पसमा गएर बसेको सबिता पोखरेलले बताइन् । विद्यार्थीहरूले बुटवल उपमहानगरपालिकाको कार्यालयमा गएर समेत विरोध प्रदर्शन गरेका छन् ।

    विद्यार्थीहरूले ‘भ्रष्ट प्रशासन चाहिँदैन ?, एसीमा बस्न पाइँदैन, विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, राजनीति गर्न पाइँदैन, रजिस्ट्रारको राजनीति चल्दैन,’ जस्ता नारा लगाएर क्याम्पस र बुटवल उपमहानगरपालिकामा विरोध प्रदर्शन गर्दै आएका हुन् ।

    छलफलका लागि आह्वान :

    विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि लुम्बिनी बौद्ध विश्वविद्यालय रजिस्ट्रारको सचिवालयले छलफलका लागि आह्वान गरेको छ । विद्यार्थीहरूले उठाएका मागहरूका विषयमा सम्बोधनका लागि निमित्त उपकुलपति एवं रजिष्ट्रारसँग छलफलका लागि प्रतिनिधिमूलक रूपमा छलफलमा आउन आग्रह गरेको हो ।

    त्यस्तै क्याम्पस प्रशासनले समेत मागप्रति सकारात्मक रहेको समयोवद्ध समाधानका लागि प्रतिबद्ध रहेको जनाएको छ । निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीले संवादबाट समाधान हुने माग राखिरहँदा शिक्षक तथा प्रशासनप्रति अमर्यादित व्यवहार, गालीगलौज, होहल्ला, तालाबन्दी जस्ता कार्य नगर्न अनुरोध गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology