Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु,आठ घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु,आठ घाइते

  • 990
    SHARES

  • रुकुम पश्चिममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु,आठ घाइते

    रुकुम पश्चिम,जेठ ११ ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । 

    घटनास्थलबाट सानीभेरी गाउँपालिका ३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । 

    दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोही वडाका कर्ण बहादुर बाठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ । 

    दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ । दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै केहीको मृत्यु भएको बताइएता पनि जिल्ला अस्पताल सल्ले ल्याउँदै गरेकोले मृतक घोषणा हुन बाँकी रहेको छ । 

    जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology