बुटवल,जेठ १० ।
रोटरी क्लब अफ लुम्बिनी बर्ष २०२३–०२४ ले तीन वर्षिय रणनितिक योजना तर्जुमा गर्न दुई दिने कार्यशाला सम्पन्न गरेको छ ।
पाल्पामा भएको कार्यशालामा क्लबका चार्टर प्रेसीडेण्ट थानेश्वर पाण्डे र बर्ष २०२२–२३ का प्रेसिडेण्ट लक्ष्मण सुवेदि ईलेक्ट प्रेसिडेण्ट सुदिप केसी, प्रेसिडेण्ट नोमिनी पदम खनालनले अगामी योजनाका विविध पक्षका बारेमा कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो ।
बर्ष २०२२–२३ ए.जि. सुरज छेत्रीले कार्यक्रमा कार्यक्षेत्र, समय सारिणी एवम प्राविधिक पक्षका विषयमा प्रशिक्षण गराउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी रोटरी क्लब डिस्ट्रीक ३२९२,को सेवा आयोजना समिती प्रमुख एवम क्लवका सुपरभाईजर एजाद आलम, विशिष्ट अतिथी बर्ष २२–२३ का एजि सन्जिव शर्मा रेग्मिले रोटरिको मुल भावनालाई अनुशरण गर्दै क्लबले आगामी दिनमा गर्ने समाजिक र सिर्जशिल कार्य गर्न क्लव परिवारलाई अभिप्रेरित गर्नुभयो ।
क्लव प्रसाशन, सेवा, बजेट, सार्वजनिक ख्याति, सदस्यता गरी पाँच समुहमा विभाजन भएको विषयगत समितिले समुहगत छलफल गरी संयोजकहरुले आ–आफ्नो कार्ययोजना पेश गर्नुभएको थियो । प्रस्तुत योजनाहरुलाई समेटी एक बर्षिय अल्पकालिन र तीन बर्षिय मध्यकालिन योजना रणनितिहरु तर्जुमा गरिएको क्लबका चार्ठर प्रेसिडेण्ट थानेश्वर पाण्डेले बताउनुभयो ।
क्लबले आगमी दिनमा बुटवल र वरिपरिका क्षेत्रहरुलाई कार्यक्षेत्र बनाई शिक्षा, स्वास्थ्य, आर्थीक सम्मृद्दि, सामाजिक विकाश लगायतका क्षेत्रलाई आफ्नो रणनितिक कार्ययोजनामा समवेश गराएको लक्ष्मण सुवेदिले वताउनुभयो ।
क्लवका सदस्य दीपक ढकालको स्वागत मन्तब्य सहित पाल्पाको सितल फार्ममा भएको कार्यक्रमको संयोजन सुरज छेत्रीले गर्नु भएको थियो भने सन्चालन सचिव उमापती भुषालले गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमको पृष्टपोषण विष्णु भण्डारिले गर्नुभएको थियो भने सक्ती गौतमले सभागीहरु सबैलाई धन्यवाद प्रदान गर्नु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)