Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरपालिकाद्वारा १ वर्षका ४९ बुँदे उपलब्धि सार्वजनिक

बुटवल उपमहानगरपालिकाद्वारा १ वर्षका ४९ बुँदे उपलब्धि सार्वजनिक

  • 1.1K
    SHARES

  • बुटवल उपमहानगरपालिकाद्वारा १ वर्षका ४९ बुँदे उपलब्धि सार्वजनिक

    बुटवल , जेठ ९ । 

    बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि सार्वजनिक गरेको हो । बुटवल उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले ४९ बुँदामा भिडियो सामग्रीसहितको उपलब्धि सार्वजनिक गर्नुभयो ।

    उपलब्धि तथा प्रयासह? सार्वजनिक गर्दै उहाँले पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलबासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा संघ र प्रदेश सरकार, विभिन्न सरकारी कार्यालयह?, सामाजिक संघसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।

    उहाँले बुटवलबासीले दिएको मतको उच्च सम्मान गर्दै आगामी ४ वर्षमा बुटवलको विकासमा फड्को मार्नेगरी काम गर्ने बताउनुभयो । जनताको सेवकका ?पमा भूमिका निर्वाह गरिरहेको भन्दै उहाँले सधैभर बुटवल र बुटवलबासीको पक्षमा हुने कामलाई लिएर संघ र प्रदेश सरकारलाई झकझक्याइरहेको बताउनुभयो ।

    khel raj.jpg

    नगरप्रमुख पाण्डेयले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका साथ चरणबद्ध रुपमा बुटवलका १० हजार भन्दा बढी जनासँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव संकलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो । कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासह?मा बुटवल१३ र १७ मा१५÷१५ बेडका अक्सिजन सहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो । आधुनिक पशु बधशाला निर्माण सम्पन्न भई छिटै नैसञ्चालन गर्ने तयारीमारहेको र बुटवलका मुख्य सडक क्षेत्रका अव्यवस्थित ठेला हटाइ वडाको आवश्यकता र समय निर्धारण गरी ठेला सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख पाण्डेयले बताउनुभयो । बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भईरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथ लगायतका सार्वजनिक स्थानहरुको नियमित तथा विशेष सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रहरुमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरह?को प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो । यस्तै, तिनाउ नदी किनार, सुखौरा खोला किनारका बस्तीमा बाढीले जोखिम पु¥याउनबाट रोक्नका लागि नदीको विभिन्न स्थानमा तटबन्ध गर्ने, च्यानलाइज गर्ने र तारजाली लगाउने काम भईरहेको उपलब्धि तथा प्रयासमा समेटिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र संघीय सरकारकै काममा आफुह?ले समय खर्चेको बताउनुभयो । उहाँले संघ र प्रदेश सरकारले गर्ने काममा केही समन्वय अभावका कारण केही योजनाह? अलमलमा परेको र स्थानीय सरकारले समन्वय र सहकार्य गर्दै आएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा राजनीतिक दल, संघसंस्था, बुटवल क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरु लगायतले बोल्दै बुटवललाई समृद्ध बनाउनका लागि आपसी सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology