बुटवल,जेठ ८ ।
सुनौलो भविष्य कल्याणकारी संस्था बुटवल रूपन्देहीले बारिष्टा तथा कुक तालिम दिने भएको छ । यसका लागि जेठ १३ गतेसम्म फर्म खुल्ला गरिएको सुनौलो भविष्य कल्याणकारी संस्था बुटवलका अध्यक्ष दिपककुमार गौचनले बताउनुभयो ।
१५ गतेदेखि शूरू हुने तालिम निकै फलदायी र सुपथ मुल्यमा गर्न लागिएको गौचनको भनाइ छ ।
बुटवल कालिकानगरमा रहेको वल्ड स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिमा १ महिनासम्म तालिम चल्ने छ । पहिलो चरणमा करिब ५० जनालाई तालिम दिने र उनीहरुलाइ सीपमुलक आयमा जोडिने छ। तालिममा सहभागि हुन चाहनेहरुका लागि बुटवल चौराहामा रहेको बिबिजी होटलमा रहेको काउन्टर (माे न 9768345364 ) मा फाराम भर्न सकिने जनाइएको छ । २०१७ मा स्थापित
२०१७ मा स्थापित वल्ड स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटि म्यानेजमेन्ट प्रालिमा तालिम चलाइरहेको अध्यक्ष कमल पुनले बताउनुभयो । वल्ड स्कुलले कुक, वेटर, बरिष्टा , हाउसकिपिङ , बेकरी लगायतका तालिम संचालन गर्ने गरेको अध्यक्ष पुनको भनाई छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)