Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशका ३ मन्त्रीले  लिए शपथ

लुम्बिनी प्रदेशका ३ मन्त्रीले  लिए शपथ

  • 1.3K
    SHARES

  • लुम्बिनी प्रदेशका ३ मन्त्रीले  लिए शपथ

    बुटवल,जेठ ८ ।

    लुम्बिनी प्रदेशका नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नियुक्त गरेका  नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्र केश गुप्ताले शपथ ग्रहण गरेका हुन् ।

    उनीहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार शपथ ग्रहण  गराएका छन् । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री र  अहिर कृषि मन्त्रीको जिम्मेवारीमा थिए । यस्तै खनाललाई भने सोमबार मात्रै मन्त्रीको जिम्मेवारी दिइएको हो । 

    मुख्यमन्त्री चौधरीले विना विभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी तोकेका छन् । जसअनुसार विनाविभागीय मन्त्री धनबहादुर मास्कीलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।   यस्तै लोसपाका सन्तोषकुमार पाण्डेयलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology