Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मदाने गाँउपालिकामा चार दिनदेखिको ताला  प्रहरीले खोल्यो

मदाने गाँउपालिकामा चार दिनदेखिको ताला  प्रहरीले खोल्यो

  • 720
    SHARES

  • मदाने गाँउपालिकामा चार दिनदेखिको ताला  प्रहरीले खोल्यो

     गुल्मी,जेठ ८ ।

    गुल्मीको मदाने गाँउपालिकामा रहेको पृथ्वी माविमा शिक्षक सरुवाको बिषयलाई लिएर  जेष्ठ चार गते मदाने गाँउपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दि आज प्रहरीले खोलेको छ ।

    तालाबन्दिका कारण गाँउपालिकाको नियमित काम कारवाहिहरु प्रभावित हुनुका । आर्थिक बर्षको अन्त्य हुने समय आई सकेकाले सेवा तथा खरिदको भुक्तानि ,योजना छनोट र नियमित काममा समेत असर परेपछि उक्त कदम चाल्न बाध्य भएको पालिकाले जनाएको छ ।

    पृथ्वी माविमा माविको  गणित बिषयको दरबन्दिको सट्टामा नेपाली बिषय ल्याउन लागेको भन्दै यसको बिरोधमा तालाबन्दि गरिएको थियो । बिधालय प्रशासनले भने यस बारेमा माविमा गणितको दरबन्दि एउटा मात्र भएपनि बिज्ञान बिषयका दरबन्दि स्थाई र अस्थाई गरि चार  वटा भएकाले बिज्ञान बिषयका शिक्षकले समेत गणित बिषय पढाउन सक्ने र  माविमा एउटा मात्र नेपाली दरबन्दि भएकाले आवश्यकता बमोजिम यसो गरेको बताएको छ ।

    बिगतमा पनि आवश्यकता अनुसार बिधालय प्रशासन र ब्यवस्थापन समितिको सहमति अनुसार  सट्टा दरबन्दिमा ल्याउने गरेकाले अहिले पनि सोहि अनुसार निर्णय गरेर जिल्ला शिक्षा समन्वयमा पठाइ सकेपछि समन्वयले पनि  सहमति दिईसकेको  बिधालयले जनाएको छ । तर आन्दोलनरत पक्षले भने गाँउपालिकाको  बिधालय ब्यवस्थापनले गरेको निर्णय पालिकाको शिक्षा नियमावलि अनुसार  पालिकाको शिक्षा शाखाले अनुमोदन गरेर मात्र जिल्ला शिक्षा समन्वय ईकाइमा पठाउनु पर्नेमा त्यसो नगरि पठाएकाले तालाबन्दि गरेको जनाएको छ । आन्दोलनको अगुवाई गरेको एमालेले आज एक  बिज्ञप्ति जारी गर्दै पालिकाको सेवा प्रवाह सुचारु गर्नु भने पनि चार दिनदेखि लगाएको ताला खोल्ने बिषयमा प्रष्ट धारणा  बाहिर ल्याएको छैन ।

    लामो ईतिहास बोकेको यस भेगको पुरानो पृथ्वी माध्यमिक बिधालयमा पढेका बिधार्थीहरु नेपाल सरकारको बिभिन्न सेवा अन्तर्गत माथिल्लो तहमा कार्यरत छन् । यहि बिधालयको उत्पादन राम कुमारी नेपाल सरकारको मन्त्रि समेत भैसकेकि छन् । सामान्य एउटा शिक्षक दरबन्दिको निहुमा राजनितिक प्रतिशोध साँधेर गाँउपालिकामा तालाबन्दि हुनु चिन्ताको  बिषय भएको स्थानियले बताएका छन् ।madane uml.jpg madanee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, जेठ ८ २०८००३:२७:२८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology