अमेरिका, जेठ ८ ।
नेपाल अमेरिका पत्रकार संघ (NEAJA,नेजा) को आठौं अधिवेसनबाट अध्यक्षमा सुरज भण्डारी निर्वाचित भएका छन् । उनले ५४ मत ल्याएर बिजयी भएका हुन् । अध्यक्षकै प्रत्यासी मधुकर अधिकारीले जम्मा १९ मत पाएर उपबिजेता बनेका हुन् ।
अध्यक्षबाहेकका सबै पदमा निर्विराेध भएकाे हाे ।संघकाे उपाध्यक्षमा सुजन पण्डित,काेषाध्यक्षमा जानु पंगेनी,उत्तर-क्षेत्रिय संयोजकमा भुपेन्द्र बस्नेत,पश्चिम क्षेत्रिय संयोजकमा राेशन अधिकारी र मध्य क्षेत्रिय संयोजकमा शंकर थापा चयन भएका छन् र त्यस्तै गरि महासचिवमा बाबुराम दाहाल,सचिवमा प्रतिमा बास्काेटा ,चयन भएका हुन् ।
त्यस्तैगरि सदस्यहरुमा केशव रेग्मी,झरना अधिकारी,इश्वरी न्याैपाने र हेमराज बस्याल छन् । भण्डारी यसअघि रुपन्देहीमा २ दशकदेखि पत्रकारितामा क्रियाशिल थिए । उनले अमेरिका जानु अघि बुटवल टुडे दैनिक पत्रिकाका सम्पादकका रुपमा काम गरिरहेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)