बुटवल,जेठ ६ ।
एम्स कलेज बुटवलले करुणा चौतारी फाउण्डेशनको सहकार्यमा स्नातक तहका विद्यार्थीलाई सहभागी गराई युवाहरुमा औषधिको गलत उपयोगमा सचेतना विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो ।
अहिलेको अवस्थालाई मध्यनजर गर्दै औषधिको अनुचित प्रयोग र लागु औषधिको सेवन वाट हुने नकारात्मक प्रभावको बारेमा सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको क्याम्पस प्रमुख दीपक ढकालले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक, फाउण्डेशनका संयोजक प्रशासकिय प्रमुख किरण ढकाल र अरुण थापाले अहिले युवा जगतमा बढदै गएको औषधिको दुरुपयोग र लागु औषधिको सेवनले परिवार र समाजलाई पारिरहेको आर्थिक सामाजिक, मानसिक प्रभावहरुको बारेमा चर्चा गर्नुभयो ।
औषधीको सही प्रयोग हुन सकेन भने त्यो लागु औषधी जस्तो हानिकारक हुने कुराहरु उदहारण सहित प्रस्तुत गर्दै अहिलेका युवा कसरी कुलतमा फस्दै गएका छन र त्यसवाट बच्न गर्नुपर्ने उपायहरुका बारेमा प्रशिक्षक द्वय द्वारा अभिमुखिकरण गराईएको थियो ।
कलेजका प्राध्यापक सुरजशाक्यले सन्चालन गर्नुभएको कार्यक्रममा प्रबन्धक निर्देशक गोपाल प्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकाल, प्राध्यापकहरु गोविन्द शर्मा, विकाश श्रेष्ठ, विष्णु पाण्डे, भोजराज पङ्गेनी लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा ७० भन्दा विद्द्यार्थिहरु लागायत प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)