Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

  • 1.1K
    SHARES

  • हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

    काठमाडौं,जेठ ५ ।

    केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् । 

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए ।

    प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि मोबाइल अफ गरेर बसेका उनी बिहीबार बिहान एकाएक सिंहदरबार भित्रैबाट पक्राउ परे । ऊर्जा मन्त्रालय पुगेको सूचना पाएको प्रहरीले उनलाई केही सरकारी कागजातसहित नियन्त्रणमा लिएको हो ।

    हज कमिटीको सचिवालय गृह मन्त्रालयमा छ । प्रहरीका अनुसार गृह मन्त्रालयमा प्रहरी टोली पनि सधैँ तैनाथ रहने हुँदा शमशेर मियाँ गृहमा जाने गरेका थिएनन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, जेठ ५ २०८००७:१५:३६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology