Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल फूलबारीमा प्रथम राष्ट्रिय पार्क सम्मेलन,१५० पार्कका ३ सय प्रतिनिधि सहभागी हुने

बुटवल फूलबारीमा प्रथम राष्ट्रिय पार्क सम्मेलन,१५० पार्कका ३ सय प्रतिनिधि सहभागी हुने

  • 1.2K
    SHARES

  • बुटवल फूलबारीमा प्रथम राष्ट्रिय पार्क सम्मेलन,१५० पार्कका ३ सय  प्रतिनिधि सहभागी हुने

    बुटवल, जेठ ३ ।

    बुटवलमा प्रथम राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।  यही जेठ ६ र ७ गते बुटवलमा रहेको मणिमुकुन्द सेन उद्यान फूलबारीमा पार्क सम्मेलनको आयोजना गर्न लागिएको हो ।

    राष्ट्रिय पार्क सम्मेलन आयोजक समितिको आयोजनामा  प्रकृति संरक्षण र सौन्दर्यता हाम्रो पहिचान, पर्यटन प्रबद्र्धन र संमृद्धिका लागि प्रथम सम्मेलन गर्न लागिएको हो ।

    देशभरका पार्कका प्रतिनिधिहरुको सहभागीतामा पार्क सम्मेलनको आयोजना गर्न लागिएको मणिमुकुन्दसेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलले जानकारी दिनुभयो ।  पार्क तथा चिडिया कारखाना सञ्चालनको लागि अहिलेसम्म कानून नबेको अवस्थामा सञ्चालनमा आएका जटिलताका विषयमा सम्मेलनमा छलफल हुने उहाँले बताउनु भयो ।

    पार्क तथा उद्यान सम्बन्धि नीति निर्माण र पर्यटन प्रवर्धनमा सहयोग पुग्नेगरी देशभरि छरिएर रहेका उद्यानको व्यवस्थापन र सञ्चालनमा समस्याको पहिचान  , समाधानका उपाय पत्ता लगाउनुका साथै संस्थागत विकास गर्ने उद्देश्यले पार्क सम्मेलन गर्ने लागिएको लुईटेलले जानकारी दिनुभयो । 

    सम्मेलनमा पार्क तथा चिडिया खाना सञ्चालनका विषयमा विभिन्न बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुने आयोजकले बताएको छ । २ दिन चल्ने पार्क सम्मेलनमा देशभरिका करिब १५० पार्कका ३ सय जना प्रतिनिधिहरु सहभागीहुने र पार्कहरुको राष्ट्रिय नेतृत्व चयन गर्ने आयोजक समितिका सदस्य सचिव समितिका सदस्य सचिव अनन्तराम शिलवालले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology