Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेशलाई राजनीतिक रुपमा स्वतन्त्र बनाउनुपर्ने : सभामुख तुलाराम घर्ती

प्रदेशलाई राजनीतिक रुपमा स्वतन्त्र बनाउनुपर्ने : सभामुख तुलाराम घर्ती

  • 1.8K
    SHARES

  • प्रदेशलाई राजनीतिक रुपमा स्वतन्त्र बनाउनुपर्ने : सभामुख तुलाराम घर्ती

    दाङ, जेठ २ ।

    लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेशलाई राजनितिक रुपमा स्वतन्त्र बनाउनु पर्ने बताउनु भएको छ । नेपालमा संघीयताको ढाचा केन्द्र शासित जस्तो देखिएको बताउनु हुदै उहांले नियन्त्रण मुखी संघीयता हुन नसक्ने बताउनु भयो ।  

    लुम्विनी प्रदेश सभा सचिवालयको आयोजनामा मंगलवार दाङको भालुवाङमा भएको प्रदेश सभाले गरेको कार्यको समिक्षा प्रेस मिट कार्यक्रममा उहांले स्थानीय तहसंग पनि समन्वय गरी कानुन निर्माणमा सहजीकरण गर्न लागेको बताउनु भयो ।  

    प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले कानुन निर्माण र सरकारलाई सही दिशामा लैजान निर्देशन दिने प्रदेश सभाको जिम्मेवारी रहेको बताउनु भयो ।  

    अहिले सम्म प्रदेश सभा गरेको कार्यको वारेमा सूचना अधिकारी सम्झना सुवेदीले जानकारी गराउनु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology