Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

दाङ तुलसीपुरमा ट्राफिक सचेतना अभियान अन्तर्गत डिजिटल बोर्ड स्थापना

दाङ तुलसीपुरमा ट्राफिक सचेतना अभियान अन्तर्गत डिजिटल बोर्ड स्थापना

  • 834
    SHARES

  • दाङ तुलसीपुरमा ट्राफिक सचेतना अभियान अन्तर्गत डिजिटल बोर्ड स्थापना

    दाङ,जेठ २।

    दाङको तुलसीपुरमा ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत डिजिटल बोर्ड स्थापना गरी उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ०५ र ब्यवसाही विनिल केसीको आर्थिक सहयोगमा राखिएको डिजिटल बोर्डहरुको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको हो ।

    सचेतना फैलाउने उद्देश्यले तुलसीपुरको बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्डहरु राखिएको छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले मानवीय त्रुटिका कारण दुर्घटनाको जोखिम बढेको हुँदा सबैजना सचेत हुनुपर्ने बताउनुभयो । बजारमा व्यवसाय गर्दै गर्दा अरूलाई अफ्ट्यारो नहुने गरी व्यवसाय गर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ । दुर्घटना न्यूनिकरण गर्न स्थानिय सरकार लागिपरेको उहाँले बनाउनुभएको थियो ।

    यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तिब्र गतिका कारण सबै भन्दा धेरै दुर्घटना हुने गरेको उल्लेख गर्नुभयो । आफ्नो कार्यकालमा दुर्घटना तुलनात्मक रुपले घट्दै गएको उहाँले दाबी गर्नुभयो । digital board.jpg
    यस्तै कार्यक्रममा राष्ट्रिय यातायात महासंगका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरी बिच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनु भएको थियो ।

    बसपार्कमा यात्रु तान्ने परम्पराको अन्त्य अझै हुन नसकेको र सिसी क्यामराको व्यवस्था नहुँदा ब्यवसाही समस्या परेको हुँदा यातायात क्षेत्र समस्या सम्बोधन हुने गरी काम गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।यस्तै कार्यक्रममा स्वतन्त्र यातायात मजदुर संगठन लुम्बिनी प्रदेशका उपाध्यक्ष केशब भण्डारी, तुलसीपुर उपमहानगर वार्ड नं ५ का वडा अध्यक्ष वीरेन्द्र शाह लगायतले बोल्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology