Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा

  • 1.4K
    SHARES

  • एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा

    काठमाडौँ, जेठ २ ।

    नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान पूरा भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

    सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले बताए । उनले भने–‘हिरासतमा रहेका पूर्वमन्त्री बालकृष्ण खाँण बाहेक अरू आरोपीको बयान सकिएको छ ।’

    शरणार्थीको नाममा ठगेको आरोपमा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री बालकृष्ण खाँण र पूर्व सभासद् आङटावा शेर्पा सहित १४ जना थुनामा छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology