बुटवल,जेठ १ ।
राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले ३४ औं स्थापना दिवसको अबसरमा आम्दा अस्पताल बुटबलमा फलफूल बितरण तथा नेपाल अपांङ्ग आश्रम देवीनगरमा खाना खुवाएको छ । रुपन्देहीका १६ वटा स्थानीय तहमा साप्ताहिक रुपमा बिभिन्न खालका कार्यक्रम गगरिने छ । कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही सदस्य नकुल शाही ठकुरीले युवाहरु राजनीतिमा मात्र नभएर समाज परिवर्तनसंगै सामजिक कार्यक्रमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
स्थापना दिवसको अवसरमा गरिब दुखी अनाथ असायलाई केही सहयोग मिल्ला भनेर संगठले सहयोग गरेको बताउनुभयो । युवा सघ नेपालका केन्द्रीय सदस्य बुद्धिराज थापाले युवा संघले स्थापना दिवसको अवसरमा देशभर विभिन्न खालका रचनात्मक कार्यक्रम गरेको बताउनु भयो । युवाहरु राजनीनिमा मात्र नभएर सामाजिक कार्यमा पनि सक्रिय हुनुपर्छ भन्नुभयो ।
युवा सघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतले स्थापना दिवसको अवसरमा रुपन्देहीका १६ वटा स्थानीय तहमा बिभिन्न खालका कार्यक्रम गरिने बताउनुभयो । पहिलो दिन फलफुल बितरण तथा अपांग आश्रममा खाना खुवाईएको र साझ दीप प्रज्वलन गरिने जानकारी गराउनुभयो ।
अध्यक्ष बस्नेतका अनुसार भोलीदेखि रुपन्देहीका सबै स्थानीय तहहरुमा शिक्षा,स्वास्थ्य तथा खेलकुंदका बिभिन्न कार्यक्रमहरु एक हप्तासम्म सन्चालन गरिने छ । कार्यक्रममा युवा सघ नेपालका केन्द्रीय सदस्य मनोज गौचन, किरण नेपाल, युवा सघंका विज्ञ सल्लाहाकार दिनानाथ भट्टराई, प्रदेश सदस्य कृष्ण कुमाल, सदस्य इश्वर न्यौपाने, जिल्ला सहसचिब नवराज थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।
युवा संघ, नेपाल रुपन्देही अध्यक्ष विकास बस्नेतको अध्यक्षता, सचिव दिपेश कडेलको सन्चालन र उपाध्यक्ष दीपक खड्काको स्वागतमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)