भैरहवा,जेठ १ ।
स्वतन्त्र विद्यार्थी युनियन पक्लिहवा कृषि क्याम्पस भैरहवामा आजदेखि खेलकुद सप्ताह शुरु भएको छ । खेलकुद सप्ताह साथै विदाइ र स्वागत शुरु भएको हो ।उद्घाटन समारेहमा निमित्त क्याम्पस प्रमुख डा. राकेश कुमार यादव, प्रध्यापक सङ्घका सभापति डा. मुक्ति पौडेल , विद्यार्थी कल्याणका प्रमुख दिपक खनाल लगायतले बाेलेका थिए ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचित भएपछि पहिले औपचारिक कार्यक्रम गरिएको स्ववियूका सभापति प्रविन बस्यालले बताए । उनले देशको गौरव खेलकुदले बढाइरहेको र खेलाडी उत्पादनका लागि पनि विश्वविद्यालयमा खेलकुद निकै आवश्यक रहेके धारणा राखे ।
पहिले खेल भेटनरी संकाय दसौं सेमेस्टरका विद्यार्थीहरु र शिक्षकहरुको बिच क्रिकेट शे म्याच भएके थियो । खेलमा ३९ रनले शिक्षकहरुको टीम बिजयी भयो । खेलकुद सप्ताह कार्यक्रम जेष्ठ १० गतेसम्म पक्लिहवा कृषि क्याम्पसको खेल प्रांगणमा सञ्चालन हुनेछ ।
खेलकुद सप्ताह छात्र र छात्रा दुवैको इन्टर सेमेस्टर क्रिकेट भलिवल र फुटवल खेल आयोजना हुने जनाइएको छ ।खेललाई लिग माध्यमबाट सन्चालन गरिनेछ ।
खेलमा प्रथम हुनेलाई २० किलोको खसी ,मेडल प्रमाणपत्र दिइनेछ यसैगरी अन्य सहभागी खेलाडीहरुलाई समेत मेडल र प्रमाणपत्रले सम्मान गरिने जनाइएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)