Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बेलहिया- काठमाडाैँ हिमालयन मेट्रो एसी बस शुभारम्भ

बेलहिया- काठमाडाैँ हिमालयन मेट्रो एसी बस शुभारम्भ

  • 1.1K
    SHARES

  • बेलहिया- काठमाडाैँ हिमालयन मेट्रो एसी बस शुभारम्भ

    बुटवल,जेठ १ ।

    नेपाल- भारत सीमा नाका रुपन्देहीको बेलहियादेखि काठमाण्डौैसम्म अत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (एसी) बस सुरु भएको छ । आईतबार साँझ बेलहिया बाट पहिलो पटक काठमाण्डौका लागि हिमालयन मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो ।

    पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु बासुदेव अर्याल, मदन पन्थी, विष्णु प्रसाद पाण्डे र अवतार शर्माको लगानीमा पहिलो चरणमा अत्याधुनिक २ वटा बस सुरुवात गरिएको छ । पहिलो चरणमा ३ वटा बस निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको र आगामी दिनमा थप ३ वटा बस तयारी गरिएको सञ्चालक मदन पन्थीले जानकारी दिए ।himalayan bus a.jpg

    अगामी दिनमा नेपालका ठुला सहरहरूमा एस बसकोे सेवा विस्तार गरिने समेत उनले जानकारी दिए । नयाँ बस बसको सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा पर्यटन व्यवसायी विष्णु शर्मा सहित सञ्चालकलहरुले रिवन काटेर औपचारिक कार्यक्रमविच शुभारम्भ गरेका थिए ।

    कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शर्माले अहिलेको आर्थिक संकटको बेलामा शुभारम्भ गरिएको आत्याधुनिक बसले सेवाग्राहीहरुको मन जित्ने बताएका थिए । उनले व्यवसायीहरुको आँट र साहको उच्च प्रंशसा गर्दै यातायात व्यवसायममा हिमालय मेट्रो एउटा सफल यातायातको रुपमा शुभारम्भ हुने समेत बताएका थिए ।

    कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बेलहिया काउन्टर ईन्चार्ज सुरेन्द्र पन्थी, सिद्धार्थ नगर नरपालिका वडा नम्बर १ का वडा सदस्य मीन बहादुर गुरुंङ्ग, धनु रायमाझी लगायतले बोल्दै नयाँ शुभारम्भ भएको बसको उच्च सफलताको कामना व्यक्त गरेका थिए ।

    आशोक ल्यल्याण्ड कम्पनीको उक्त बसको नेपालमा आईएमई मोटर्सले माकेटिङ्ग गर्दै आएको छ । कम्पनीका शाखा प्रबन्धक लेखनाथ बस्यालले अन्य कम्पनिको गाडी भन्दा यो कम्पनीको गाडीले ईन्धनखपत न्युनरहेको कारण व्यवसायीहरुको रोजाईमा पर्न सफल भएको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology