दोलखा,जेठ १ ।
नेपाल प्रेस युनियन दोलखाको अध्यक्षमा सुजन काफ्ले निर्विरोध निर्वाचित हुनु भएको छ । नेपाल प्रेस युनियन दोलखाको नवौं जिल्ला अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उपेन्द्र सुवेदी,महिला उपाध्यक्ष शुसिला कार्की,सचिव सुवास बस्नेत,सहसचिव प्रेम तमाङ,कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी चयन हुनु भएको छ ।
सदस्यहरुमा हरि खत्री,बाबुराम थापा,शिव सापकोटा,भिष्म खड्का,पर्शुराम जोशी र ईश्वर बल्लभ थापा चयन हुनु भएको नेपाल प्रेस युनियन दोलखाले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)