Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बहुपति प्रथाको कथावस्तुमा आधारित चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक

बहुपति प्रथाको कथावस्तुमा आधारित चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक

  • 747
    SHARES

  • बहुपति प्रथाको कथावस्तुमा आधारित चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक

    बुटवल, जेठ १ ।

    नेपाली कथानक चलचित्र टुल्कीको ट्रेलर सार्वजनिक गरिएको छ । आगामी जेठ १२ गतेबाट प्रदर्शन हुने फिल्मको दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । 

    ‘द पाल्म गुप्र प्रालि’को ब्यानरमा निर्माण भएको फिल्मले हिमाली क्षेत्रमा चलनमा रहेको भनिएको बहुपतिप्रथाको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन देव थापाले गर्नुभएको हो । 

    यस्तै, फिल्ममा शिशिर बाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ । 

    फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ भने आरपी कर्माचार्य र उजेली लामाले फिल्म निर्माण गर्नुभएको हो । फिल्मका कार्यकारी निर्माता बाबुलाल लामा हुनुहुन्छ र शेखर लामाको लेखन छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology