Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

नक्कली मह उत्पादन गरि बेच्ने सात जना भारतीय नागरिक पक्राउ

नक्कली मह उत्पादन गरि बेच्ने सात जना भारतीय नागरिक पक्राउ

  • 960
    SHARES

  • नक्कली मह उत्पादन गरि बेच्ने सात जना भारतीय नागरिक पक्राउ

    बुटवल,वैशाख ३१  ।

    नक्कली मह उत्पादन गरि बेच्ने सात जना भारतीय नागरिक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका –११ सिर्जनानगरमा चार वटा घर भाडामा लिई नक्कली महको कारखाना खोलको प्रहरीले जनाएको छ । 

    वडा प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा भारतको विहार वीरपुरका ५२ वर्षीय मनिस धामी, सोही ठाउँका ५५ वर्षीय इन्द्रजित धामी, २१ वर्षीय पिन्टु धामी, ३१ वर्षीय सुधीर धामी, २० वर्षका रविन धामी, ४८ वर्षका अरुण धामी र २८ वर्षका वुदुवा धामी रहेका छन् ।

    प्रहरीले खानतलासी गर्नेक्रममा बुटवल –११ सिर्जना नगरस्थित वृन्दा मल्लाहको घरबाट २ बाल्टी तयार पारिएको नक्कली मह, ४ टिन मौरीको चाका बरामद भएको छ । सोही ठाउँका आरती मल्लाहको घरबाट ७ बाल्टी तथा वीरबहादुर कनौजे मगरको घरबाट ५ बाल्टी तयार पारिएको मह बरामद भएको प्रहरीले जनाएको छ । 

    वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले पक्राउ परेकालाई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने र बरामद गरिएको मह परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवामा नमुना पठाइएको बताउनुभयो ।

    नक्कली मह कारखाना खोलेर सञ्चालन गरेको गोप्य सूचनाका आधारमा शनिवार राति प्रहरी र स्थानीयको पहलमा गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको हो । वडा नं ११ का वडा सदस्य नकुल शाहीका अनुसार ती भारतीय नागरिकले गलेका मौरीका चाका जम्मा गरी चिनी घोलेर मह बनाउने गर्दैआएका थिए ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology