Logo बिहिवार, आश्विन १ गते २०८३
images

शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला

शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला

  • 2.0K
    SHARES

  • शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला

    तिलोत्तमा, वैशाख ३१  ।

    रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला गरिएको छ । 
    कक्षा १० मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान, परीक्षा तयारी तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।

    कार्यक्रममा  विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालय प्रशासन,  शिक्षक, अभिभावकहरु बीचको कुशल संयोजनबाट मात्र विद्यार्थीहरुको शैक्षिक प्रगती हुने भन्दै  विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

    सहायक प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रममा अर्का सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्य, मा.वि. तह संयोजक धर्मगत शर्माले विद्यार्थीका अभिभावकलाई परामर्श दिनुभएको थियो । कक्षा १० का संयोजक रजनी के.सीले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले  गर्नुभएको थियो ।

    कार्यक्रममा कक्षा १० मा अध्ययनरत ५ सय ७३ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो । अभिभावकहरुले विद्यालयका लागि विभिन्न रचनात्मक सुझावहरु राख्नुभएको थियो ।

    अन्य कक्षाहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई समेत क्रमशः अभिभावक अभुमुखिकरण कार्यक्रम गर्दै जाने योजना रहेको विद्यालयले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology