बुटवल ,बैशाख ३०।
शुभागमन बचत तथा ऋण सहकारी सस्था लि बुटवल ११ कालिकानगरले नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शेयर सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै श्री शुभागमन साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत भिम अस्पताल भैरहवा रुपन्देहीका मेसु वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.शकुन्तला गुप्ताको परामर्श र विपश्यना फार्मेसी तथा सेन्ट्रल ल्याब बुटवलको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
साकोसको स्वास्थ्य उप-समितिको पहलमा सम्पन्न उक्त शिविर साकोसका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षता सचिव बिष्णु प्रसाद भण्डारीको सन्चालन र स्वास्थ्य उप समिति संयोजक सन्तोष नाउको स्वागत मन्तव्य रहेको थियो ।
संस्थाका संस्थापक अध्यक्ष शालिकराम पौडेल र विपस्यना फार्मेसिका संन्चालक महेश पाण्डेले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
उक्त शिविर बाट ६५ जना शेयर सदस्यहरुले प्रत्यक्षन स्वास्थ्य लभी लिनुभएको सस्थाका कोषाध्यक्ष सुवासचन्द्र ढकालले जानकारी गराउनुभएको छ ।
उक्त कार्यक्रमको सहजीकरण स्वास्थ्य उप समिती सदस्य श्री शेषकान्त पोख्रेलले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)